बाना औपचारिक रुपमा आफ्नो सामुदायिक भवनमा प्रवेश

ENGLISH

NRN GLOBAL

बाना औपचारिक रुपमा आफ्नो सामुदायिक भवनमा प्रवेश

विजय थापा ,जनवरी ।

23 January, 2018 | Kabi Adhikari | 1095 Views | comments

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक भवनमा प्रवेश गरेको छ । बानाले आफ्नो सामुदायिक भवनको औपचारिक उदघाटन कार्यक्रमको आयोजना गर्दै भव्यताको साथ सम्पन्न गरेको छ ।

bana 8

बानाले हालै भवन खरिद गरेको थियो भने विधिवत रुपमा सर्न पूजा आराधना सम्पन्न गरेको छ । उक्त उद्घाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष लगायतहरुका पदाधिकारी समेत पूजामा सरिक भएका थिए ।

bana-puja

उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) प्रमुख अतिथि रहेका थिए भने उक्त कार्यक्रममा बाल्टिमोर शहरका बिभिन्न बिदेशी अतिथिहरु रिपब्लिकन तथा डेमोक्रेटिक दलका सिनेटर ,सभासद ,अन्य स्थानीय बिदेशीहरुको साथै महा बाणिज्य दुत प्रेम राजा महत लगायत को सहभागिता रहेको थियो । अतिथिहरुको साथै अन्य स्थानीय संघ/संस्थाका प्रतिनिधिहरुले पनि मन्तब्य राखेका थिए ।

बाल्टिमोरमा सन् १९९६ देखि नै नेपाली समुदायको जन घनत्व वृद्धि संगै एउटा सामुदायिक भवन बनाउने बिषयमा कुरा चर्चा परिचर्चा भएको थियो । तत्कालिन समयमा बाल्टिमोरका समाजका अगुवा तथा समाजसेवीहरु गणेश मलेगु ,वर्तमान महा बाणिज्य दुत प्रेम राजा महत लगायत ले बाल्टिमोरमा संस्था हुनु पर्ने कुरामा जोड दिएका थिए ।

तर अन्तत्वगत्वा डिसी महानगर क्षेत्रमा सकृय रहेको नेपालीहरुको गैर मुनाफा सामाजिक संस्था बाना सन २००४ मा स्थापना भएको हो । सन् २०११-२०१३ को समितिका पदाधिकारीहरुले सामुदायिक भवनको परिकल्पना गरेका थिए । तत्कलिन अध्यक्ष विजय श्रेष्ठले आफू अध्यक्ष भए पछि केही महिना भित्र पण्डित दिन बन्धु पोख्रेल लाई बोलाई महा पुराण लगाई कोष वृद्धि गरि सामुदायिक भवनको सुरुवात गरेका थिए ।

उक्त समयमा महा सचिवका उम्मेदवार तथा वर्तमान प्रवासी नेपाली मंचका केन्द्रिय अध्यक्षले उम्मेदवार हुँदा सामुदायिक भवन चाहिन्छ भनि जोड दिएका थिए ।

पूर्व अध्यक्ष कुलमणि आचार्य को कार्यकाल सन् २०१५-२०१७ मा सामुदायिक भवन सम्बन्धि धेरै काम भएको थियो । कार्यक्रममा प्रवासी नेपाली मंच का केन्द्रिय अध्यक्ष प्रभु थापा ,नासो कम्युनिटीका केन्द्रिय अध्यक्ष गोपाल बिश्वकर्मा ,एनआरएनए का संस्थापक केन्द्रिय उपाध्यक्ष डा श्याम कार्की ,एनआरएन का उपाध्यक्ष जेदु पोख्रेल लगायत बाल्टिमोर तथा डिसी महानगर क्षेत्रका अन्य संघ/संस्थाका पदाधिकारिहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यकममा स्वागत मन्तब्य बाना कि अध्यक्ष अनु श्रेष्ठ वन्तले गरेकी थिइन् भने पूर्व अध्यक्ष कुलमणि आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम संचालन महा सचिब हिरा गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्तले गरेका थिए । वर्तमान महिला अध्यक्ष अनु श्रेष्ठ वन्त ले बानामा आफ्नो उम्मेदवारीको घोषणा मै सामुदायिक भवन पुरा गर्ने प्रतिबद्धता गरेकी थिइन् । अध्यक्ष भए पछि पनि भवनमा सर्ने दृढ संकल्प गरि अहोरात्र खटेर आफ्नै भवनमा सर्ने बनाई दिएकी छिन् ।

बानाको यस सामुदायिक भवनको शुभारम्भ संगै अब बैठक ,कार्यक्रम तथा अन्य कार्यक्रम गर्न सहज हुने महसुस गरिएको छ । अमेरिकामा रहेका विभिन्न संघ/संस्थाले निर्माण गरेका सामुदायिक भवनमा मन्दिर जोडिने हुन्छ भने बानाले केवल सामुदायिक भवनको रुपमा मात्र प्रयोग गर्ने छ ।

बाना सामुदायिक भवन निर्माण गर्न बाहिर बाट पनि सहयोग जुटेको छ । सामुदायिक भवनमा दुई तला छन् ।

बाल्टिमोरको बानाले किन्यो आफ्नै सामुदायिक भवन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK