बाढी पीडितका लागि धुर्मुस सुन्तलीले बस्ती बनाउने

ENGLISH

बाढी पीडितका लागि धुर्मुस सुन्तलीले बस्ती बनाउने

5 September, 2017 | Sandeep Bhattarai | 1005 Views | comments

धर्मुस-सुन्तली

भूकम्प पीडितका लागि दुईवटा र महोत्तरीको बर्दिबासमा रहेका मुसहरका लागि एकवटा एकीकृत नमूना बस्ती बनाइसकेका हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले अर्को एकीकृत बस्ती बनाउने घोषणा गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल तराईका डुवान तथा बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो- “पीडितहरुको अवस्थालाई देखेर आफूहरुले एकीकृत बस्तीको योजना अघि सारेको हुँ ।”

बाढीका कारण पीडित बनेका तराई वासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा वासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पीडितहरुका लागि आएको सहयोग रकमले उक्त नमूना वस्ती निर्माण गर्ने बताउनुभयो ।

फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त वस्ती पनि अन्य वस्ती जस्तै बालमैत्री, अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुने बताइएको छ ।

त्यसो त एकीकृत नमूना वस्ती निर्माण गर्ने योजना बनाए पनि कहाँ र कति लागतमा बनाउने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उहाँहरुले जानकारी दिनुभएको छ ।

राहत वितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले एकीकृत नमूना वस्ती पीडितहरु धेरै भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने जानकारी दिनुभयो ।

धुर्मुस-सुन्तलीद्वारा ‘नमुना नेपाल’ बनाउने घोषणा (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK