बाढीपीडितका लागि चीनका नेपालीद्वारा कम्बल

ENGLISH

NRN GLOBAL

बाढीपीडितका लागि चीनका नेपालीद्वारा कम्बल

8 September, 2017 | Sandeep Bhattarai | 675 Views | comments

चीनका नेपालीद्वारा कम्बल

करिब एक महिनाअघि आएको बाढीबाट प्रभावित परिवारहरुका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) चीनको यिवु क्षेत्रीय कमिटीले राहत सामग्री उपलब्ध गराएको छ ।

एनआरएनएको नेपालस्थित केन्द्रीय कार्यालयसँगको समन्वयमा यिवु कमिटीले सबैभन्दा बढी प्रभावित बासिन्दाका लागि भनेर केन्द्रीय कार्यालयलाई कम्बलराहत उपलब्ध गराएको कमिटीका सल्लाहकार ज्योति सिलवालले विज्ञप्तिमा जनाएका छन् । ‘तराईका बाढीपीडितहरू नजिकिँदै गरेको जाडोबाट समस्यामा नपरून् भनेर कम्बल सहयोग गरेका हौँ,’ विज्ञप्तीमा भनिएको छ ।

यिवु कमिटीका अध्यक्ष विष्णुप्रसाद डुमरु, उपाध्यक्ष राजकुमार खड्का, महासचिव आकाश गुरुङ, सहसचिव धनराज थापा एवं सल्लाहकार तथा सम्पूर्ण यिवुवासी नेपालीहरुको पहलमा राहत संकलन गरिएको थियो । संकलित करिब १६ लाख रुपैयाँबाट कम्बल खरिद गरिएको थियो । सिलवालका अनुसार, प्रतिपरिवार आवश्यकता अनुसार एक वा दुइटा कम्बल वितरण गरिनेछ ।

‘बाढी र डुबानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त छैन,’ सिलवालले राहत सामग्री नेपालतिर पठाउने कार्यक्रममा भने, ‘बाढी प्रभावितले न्यानो कपडाको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर हामीले यो काम सानो प्रयास गरेका हौँ ।’

कान्तिपुरबाट

बंगलादेशस्थित नेपाली दूतावासद्वारा बाढीपीडितलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK