बाढीपहिरो पीडित सहयोगार्थ अष्ट्रेलियाद्वारा १६ करोड सहयोगको घोषणा

ENGLISH

NRN GLOBAL

बाढीपहिरो पीडित सहयोगार्थ अष्ट्रेलियाद्वारा १६ करोड सहयोगको घोषणा

9 September, 2017 | Bipin Acharya | 1160 Views | comments

अष्ट्रेलिया सरकारले नेपालमा हालै गएको बाढीपहिरो पीडितहरुको सहयोगार्थ २ मिलियन अष्ट्रेलियन डलर (करिब १६ करोड रुपैयाँ) सहयोग दिने घोषणा गरेको छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले एक बिज्ञप्ति जारी गर्दै उक्त सहयोग दिने बताएकी हुन् । उनले केही दिनअघि जारी गरेको विज्ञप्तिमा १७ लाख जनताहरु हालै आएको बाढीपहिरोका कारण पीडित बनेको बताउँदै नेपाललाई उक्त रकम उपलब्द्ध गराउने उल्लेख गरिएको छ । उनका अनुसार १ मिलियन (करिब ८ करोड रुपैयाँ) अष्ट्रेलियाको गैरसरकारी मानवीय संस्थाहरु मार्फत र थप १ मिलियन (करिब ८ करोड रुपैयाँ) विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रदान गरिनेछ ।

अष्ट्रेलियाले उपलब्द्ध गराउने सहयोगबाट तत्काल पीडितहरुका लागि आवास, खाद्यान्न, सफा पानी र स्वास्थ्यका क्षेत्रमा खर्च गरिने जनाइएको छ । यसका साथै अष्ट्रेलियाली सरकारले ६ हजार ६ सय महिला तथा युवतीहरुलाई जरुरी स्वास्थ्य सेवा र स्वास्थ्य सामाग्रीहरु उपलब्द्ध गराइने समेत भएको छ । अष्ट्रेलियाले विश्व खाद्य कार्यक्रम अन्तरगत पुरयाउने सहयोगले अति प्रभावित क्षेत्रका ५ बर्षमुनिका ५ हजार ६ सय बालिबालिका र १ हजार ६ सय गर्भवती तथा महिलाहरुलाई सहयोग पुरयाउने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा १ सय ५० को मृत्यु भएको, ६५ हजार घरहरु नष्ट भएको र ६४ हजार हेक्टर क्षेत्रफलको बाली नष्ट भएका उल्लेख गरिएको छ, भने उद्धारमा देखाएको तदारुकताप्रति नेपाल सरकारको प्रशंसा समेत गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK