बागीले पार्टीको झण्डा बोकेपछि वाम गठबन्धनको आपत्ति

ENGLISH

बागीले पार्टीको झण्डा बोकेपछि वाम गठबन्धनको आपत्ति

17 November, 2017 | Bhawana Pathak | 1485 Views | comments

सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् ।

बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएर पार्टीको झण्डा बोक्ने नैतिकता बागीलाई नभएकाले बागी उम्मेदवारका नाममा झण्डा बोकेर गाईजात्रा नदेखाउन चेतावनीसमेत दिनुभएको छ ।

“उहाँहरूले वाम गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिनुभएको छ, चुनाव चिह्न अर्कै छ तर हँसिया हथौडा भएको झण्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियो ?” मन्त्री बस्नेतले भन्नुभयो ।

वाम गठबन्धनका उम्मेदवारहरू नै आधिकारिक उम्मेदवार भएकाले कतै भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । “दुवै पार्टी एकताको कुरा छ हामीले सल्यानको मात्रै चिन्ता गरेर हँुदैन देशभरि नै मिलाउँदा केहीले पाउने केहीले गुमाउने अवस्था आएकाले यसबाट निरास नहुन आग्रह गर्छु”, मन्त्री बस्नेतले भन्नुभयो ।

यता नेकपा (माओवादी केन्द्र) जिल्ला शाखाले पनि निर्णय गरेर नै आफ्ना आधिकारिक उम्मेदवार उठाएको जनाएको छ । वाम गठबन्धनले सल्यानलाई अन्याय गरेको भन्दै त्यसका विरुद्ध पार्टीको निर्णय बमोजिम उम्मेदवारी दिएकाले बागी उम्मेदवार भनेकाहरू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई भ्रममा नपरेर बागी उम्मेदवारलाई जिताउन अनुरोध गरेको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेतले नै आफूहरुलाई उम्मेदवारी दिन लगाएको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले दाबी गर्नुभयो । जिल्ला पार्टीको निर्णय बमोजिम नै उम्मेदवारी दिएकाले पार्टीको झण्डा बोक्नु कुनै नयाँ नभएको भन्दै समानुपातिक मत माग्नका लागि आफूहरूले पार्टीको झण्डा प्रयोग गरेको बुढाथोकीको भनाइ छ ।

बागी उम्मेदवारले समेत पार्टीको झण्डा बोकेर प्रचारप्रसार गरिरहेको भए पनि गठबन्धनमा यसले कुनै प्रभाव नपर्ने नेकपा (एमाले) जिल्ला सचिव रमेश गौतमले बताउनुभयो । “बागीहरूले झण्डा बोकेर प्रचारप्रसार गरिरहेको र यसले गठबन्धनलाई कुनै असर गर्दैन सल्यानका एक केन्द्र र दुई प्रदेशमा बागीहरूले जित्ने पक्का छ वाम गठबन्धनका कार्यकर्तामा हुने अन्योल चिर्न सक्षम छन्”, सचिव गौतमले भन्नुभयो ।

माओवादी केन्द्रले भने वाम गठबन्धनका विरुद्ध उम्मेदवारी दिएको भन्दै सल्यान जिल्लाका नौजना नेतालाई पार्टीको सदस्य नरहने गरी कारबाही गरेको यसअघि नै जानकारी गराइसकेको छ ।

जिल्लाको प्रदेश क मा गठबन्धनबाट गुलाबजंग शाह र बागीबाट भीमप्रसाद शर्मा, प्रदेश ख मा गठबन्धनबाट प्रकश ज्वाला र बागीबाट जीतबहादुर पुनले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रतिनिधिसभा सदस्यमा गठबनधनबाट टेकबहादुर बस्नेत तथा बागीबाट उमाकान्त शर्माले उम्मेदवारी दिनुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK