बाँदर ले खाना पस्किने विश्वकै अनौठो रेष्टुरेन्ट

ENGLISH

WORLD

बाँदर ले खाना पस्किने विश्वकै अनौठो रेष्टुरेन्ट

19 July, 2016 | Anjana Bhandari | 950 Views | comments

monkey

विकाशक्रमको हिसाबले बाँदर र मानिसलाई नजिकका प्राणी मानिन्छ र बाँदरको बुद्धि पनि मानिसकै हाराहारीमा हुने विश्वास गरिन्छ । यदि यो कुरालाई यथार्थमा देख्न चाहनुहुन्छ भने जापानको टोकियोस्थित काबुकी रेष्टुरेन्टमा जानुपर्छ । जान सम्भव भएन भने पनि यो समाचार पढ्दा नै आश्यचर्यजनक तथ्य थाहा पाउनुहुनेछ ।

काबुकी रेष्टुरेन्ट यसकारण चर्चामा छ की त्यहाँ वेटरको काम बाँदरले गर्दछ । बाँदर वेटरले केवल मेनू देखाउने मात्र होइन खानाको अर्डर लिने र अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्नेसम्मको काम गर्दछ । बाँदरले पनि आम वेटरले जस्तै कपडा लगाउँछन् ।

मानिसहरु खानाको स्वादले भन्दा पनि वेटर बाँदर हेर्नको मज्जाले धेरै यो रेष्टुराँमा छिर्दछन् । रेष्टुराँका मालिकका अनुसार घरमा पालेको बाँदरले आफ्नो देखासिकी गरेर काम गर्न थालेपछि उनलाई बाँदरलाई वेटर बनाउने आइडिया फुुरेको रहेछ ।

येट चेन र फुकु चेन नामका बाँदर यो रेष्टुरेन्टमा सन् २००८ देखि काम गर्दै आएका छन् । रेष्टुरेन्टमा ग्राहक छिरेसँगै यी बाँदर सेवामा लागिहाल्छन् । एउटाले पाहुनाका लागि कुर्सी मिलाइदिन्छ भने अर्कोले हात पुछ्ने टावेल टकार्छ । अनि पाहुना कुर्सीमा बसेसँगै एउटा मेनू लिएर आउँछ र अर्डर लिन्छ । अर्कोले चाहीँ अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्दछ ।

जापानी कानून अनुसार जनावरलाई २ घण्टाभन्दा बढि काममा लगाउन पाइँदैन । त्यसैले रेष्टुरेन्टमा अहिले यी दुई बाहेक अरु बाँदर पनि राखिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK