बहिनीलाई चुनाव जिताउन आएकी विपना थापा पुगिन् जुम्ला

ENGLISH

ENTERTAINMENT

बहिनीलाई चुनाव जिताउन आएकी विपना थापा पुगिन् जुम्ला

21 May, 2017 | Bhawana Pathak | 625 Views | comments

भारतीय व्यापारी तथा राजनीतिज्ञ आशुतोष भारद्वाजसँग विवाह गरेपछि नायिका विपना थापालाई दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । एक समय विपना थापा विनाका फिल्महरु कमै भेटिन्थे तर अहिले उनको एक झलक हेर्नका लागि पनि प्रशंसकहरु आतुर छन् । अब विपनाको फिल्ममा फर्किने तयारी छैन । एक छोराको आमा समेत भैरहेकी विपना बेला बखतमा नेपाल भने आइरहेकी हुन्छिन् । अहिले विपना नेपालमा नै छिन् ।

स्थानीय निर्वाचनमा दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी आफ्नी बहिनी बासना थापालाई जिताउनका लागि उनी नेपाल आएकी थिइन् । नायिका विपना थापा नेपाली कांग्रेसको झण्डा बोकेर केही दिन घरदैलो कार्यक्रममा पनि हिँडिन् । तर, बासना थापा एमाले उम्मेदवार सावित्री मल्लभन्दा ६ सय मतले पछि परी पराजित भइन्।

बहिनीले चुनाव हारेपछि अहिले विपना घुमघाममा नै व्यस्त छिन् । उनले बहिनी बासनाका परिवार र आफ्नो छोरासँग जुम्ला, मुगु लगायतका ठाउँहरुको भ्रमण गरेका केही तश्वीरहरु आफ्नो फेसबुकमा शेयर गरेकी छिन् । १९९५ मा फिल्म ‘जन्मभूमी’ बाट नेपाली चलचित्रक्षेत्रमा नायिकाको रुपमा भित्रिएकी विपनाले त्यसपछि ‘अप्सरा’, ‘नाता रगतको’, ‘आगो’, ‘के भो लौ न नी’, ‘मितिनी’ लगायतका दर्जनौ सफल फिल्ममा काम गरेकी छिन् । उनीसँगका धेरै नायिकाहरु अहिले प्राय जसो अमेरिकामा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK