बसन्त फिल्मसले चर्चित डान्सर तथा मोडल परियारलाई बिदाई गर्यो

ENGLISH

NRN GLOBAL

बसन्त फिल्मसले चर्चित डान्सर तथा मोडल परियारलाई बिदाई गर्यो

कुमार “अविरल”पन्थी, कतार

7 May, 2017 | Sandeep Bhattarai | 565 Views | comments

अजय परियार

“प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ”भन्ने मूल नाराका साथ अगाडी बढीरहेको बसन्त फिल्मस् प्रा.लि.ले चर्चित डान्सर तथा मोडल एवम फिल्मसका सदस्य अजय परियारलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै स-सम्मान बिदाई गरेको छ ।

बिगत लामो समय देखि कतारमाकार्यरत परियारलाई फिल्मसले एक कार्यक्रमकाबीच बिदाई गरेको हो । सोहि अवसरमा युनी डान्स ग्रुप , कास्की आदर्श सेवा समाजले समेत परियारलाई सम्मान गरेका थिए । कतारको दोहामा अवस्थित नेपाली आँगन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा गैर आवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका सदस्य हँसराज ढकाल प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै खस क्षेत्री सेवा समाजका अध्यक्ष खगेन्द्र कार्की, कास्की आदर्श सेवा समाजका सचिव विश्वबन्धु थापा, फेवा सांस्कृतिक परिवारका संयोजक तथा समाजसेवी विक्की बि.क., नवोदित साहित्यिक वाचानालयका सचिव राजन लामा, युनी डान्स ग्रुपका संयोजक यूवराज ओली विशेष अतिथि रहेका थिए । साथै गीत संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका व्यवस्थापक शरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको थियो ।

कार्यक्रममा वक्ताहरुले आफ्नो मन्तव्य राख्दै परियारलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिएकाथिए । कार्यक्रममा बोल्दै परियारले कतारको बसाईलाई बिट मार्ने क्रममा आफ्नै संस्था बसन्तफिल्मस् बाट सम्मानित तथा माया पाउदा खुसीको सिमा नरहेको बताए । यहाँ रहदा संस्था र मेरो सम्बन्ध नङ र मासुको जस्तै थियो, नेपालमा फर्किएपछी अझ गाढा हुने छ, मैले संस्थाको थप जिम्मेवारी लिएर नेपाल फर्किदै छु ।

बसन्त फिल्मसलाई संसारको जुनसुकै कुनामा पुगे पनि भुल्ने छैन, जसले मलाई यहा सम्म आउँन मुख्य भूमिका खेलेको छ ।कतारमा रहदा साथ र सहयोग गर्नुहुने सम्पूर्ण संघ सस्था विभिन्न व्यक्तित्वका साथै बसन्त फिल्मसका सम्पूर्ण पदाधिकारीहरुलाई विशेष आभार प्रकट गरेकाथिए । तिलु शर्मा पौडेलको संचालन रहेको कार्यक्रमलाई फिल्मसका प्रबन्धक निर्देशक तथा सम्मान कार्यक्रमका सभापती काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी बढ्ने कुरा बताए ।

अजय परियार

संस्थाका सदस्यहरु प्रवासको बसाईलाई बिट मारेर स्वदेश फर्किरहेका छन् एउटा प्रवासी कलाकारबाट राष्ट्रिय कलाकार बनेर पुनःकतारमा स्वागत गर्न पाइयोस । जुन उद्देश्यका साथ कलाकारिताको क्षेत्रमा आवद्ध बनिएको छ, त्यसको सहि सदुपयोग गररेर अगाडी बढ्नु पर्ने बताउदै परियारलाई यात्रा सफलताको शुभकामना दिएका थिए ।

कतारमा बसन्त फिल्मस् द्वारा राष्ट्रिय कलाकारहरु सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK