बसको ठक्करबाट श्रीमानको मृत्यु ,श्रीमती गम्भीर

ENGLISH

बसको ठक्करबाट श्रीमानको मृत्यु ,श्रीमती गम्भीर

21 January, 2017 | Bhawana Pathak | 815 Views | comments

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका – १ स्थित जुके कल्भर्ट सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नं को बसले मे १ ह १९ नं को ‘इ’ रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षीय लक्ष्मण मगरको मृत्यु भएको हो ।

पूर्वबाट–पश्चिम तर्फ आउँदै गरेको इरिक्सा जुके कल्भर्टबाट उत्तर हुँदै जुमुनखाडी सीमसार क्षेत्र तर्फ मोडिदा सोही दिशातर्फ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा मगरको मृत्यु भएको हो । बसको ठक्करबाट सोही इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षीय इन्दिर मगर गम्भीर घाइते हुनुभएको छ ।

उहाँको विर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न दुबै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK