बलि दिन युवती अपहरण गर्ने व्यक्ति पक्रउ

ENGLISH

बलि दिन युवती अपहरण गर्ने व्यक्ति पक्रउ

9 September, 2016 | arjun baral | 1200 Views | comments

tantrikपरम्परागत रुडीबादी सोच भएका मानिसले गर्दा समाज अझै असुरक्षित नै छ भन्दा केही फरक नर्पला । त्यस्तै सोच भएर अपराधिक घटनामा समेल भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बलि दिनका लागि युवती अपहरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ सानो भ¥याङबाट प्रहरीको केन्द्रीय अनुसारनधान ब्युरोले सिआइबीले पक्राउ गरेको हो ।

तान्त्रिक विधिद्वारा चामत्कारिक आर्थिक लाभ प्राप्त गर्न तान्त्रिक गुरुले १६ वर्षे कन्याको बलि दिनुपर्ने बताएपछि एक समूहले साउन १४ गते युवती अवहरण गरेको थियो।

अपहरण गर्ने कार्यमा संलग्न तनहुको व्यास नगरपालिका ६, रुम्सीगाउँ स्थायी घर भएका ३७ वर्षीय भोजबहादुर थापा नाम गरेका एक व्यक्तिलाई सिआइबीको टोलीले पोखराबाट पक्राउ गरेको हो।

युवतीलाई सानोभर्‍याङबाट अपहरण गरी थापा सहितको समूहले नागर्जुनस्थित, काठमाडौंस्थित घरमा बन्धक बनाएर राखेका थिए। साउन १४ गते अपहरणमा परेकी युवती ३२ गते बन्धक बनाएको स्थानबाट भाग्न सफल भएकी थिइन्। त्यसपछि उनले प्रहरीमा दिएको जाहेरीका आधारमा सिआइबीको टोलीले भदौ २१ गते पोखराको लेकसाइडबाट थापालाई पक्राउ गर्न सफल भएको हो।

उजुरीपछि फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गरी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको थियो। पक्राउ प्रतिबादीलाई मुलुकी ऐन, अपहरण तथा शरिर वन्धक उद्योग महल बमोजिमको कसूर सजाय हुने र पिडितलाई क्षतिपूर्ति भराई दिन माग मागदावी लिइएको थियो। भोजबहादुर थापा हालसम्म फरार रहेका थिए।

थापाविरुद्ध सिआइबीले शरीर बन्धक तथा क्युरियो सामानको संग्रह गरेको कसूरमा अनुसन्धान अघि बढाएको थियो। अपहरण गर्ने कार्यमा संलग्न भोज बहादुर थापा, तान्त्रिक भनीएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, याम बहादुर रोक्का, छत्र बहादुर राई, हरि बहादुर पुन मगर, उदीम बहादुर पुन र भिम बहादुर भुजेल समेतले ती युवतीलाई झुक्याएर अपहरण गर्न सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK