बलिउड स्टारको यसरी खिल्ली उडाइन् पाकिस्तानी अभिनेत्रीले

ENGLISH

ENTERTAINMENT

बलिउड स्टारको यसरी खिल्ली उडाइन् पाकिस्तानी अभिनेत्रीले

18 February, 2017 | Bhawana Pathak | 775 Views | comments

बलिउडमा इन्ट्री गर्ने तयारीमा रहेकी एक पाकिस्तानी अभिनेत्रीले बलिउडकै हिरोहरुको खिल्ली उडाएकी छिन् । उनले सलमान खानलाई ‘छिचरो स्टार’ संज्ञा दिइन् ।

saba_salman_khan_14873238

पाकिस्तानी अभिनेत्री सबा कमरले भारतीय हिरोहरुमाथि टिप्पणी गरेको भिडियो भाइरल बनेको छ । एउटा टक शोका क्रममा होस्टले उनलाई बलिउडका अभिनेताहरुको फोटो देखाएर विभिन्न प्रश्न सोधेका थिए । यसमा सलमानसहित ऋतिक रोशन, रणवीर कपूर, इमरान हाशमी, रितेश देशमुख जस्ता स्टारहरुसँग जोडिएका प्रश्न थिए ।

सबैभन्दा पहिले उनलाई ऋतिकको फोटो देखाइयो । प्रस्तोताले उनलाई सोधे, ‘ऋतिकले तपाईंलाई विवाहका लागि प्रस्ताव गरे भने तपाईं तयार हुनुहुन्छ ?’यसमा सबाले जवाफ दिइन्, ‘मलाई दुई बच्चाको बाबु चाहिँदैन । उनी मेरो टाइपका पनि छैनन् ।’त्यसपछि इमरान हासमीको फोटो देखाउँदै सोधियो, ‘यिनीसँग फिल्म खेल्न तयार हुनुहुन्छ ?’

सबाले तुरुन्त जवाफ दिइन्, ‘अहँ चाहन्न । मलाई मुखमा क्यान्सर लगाउनु छैन ।’ इमरान बलिउडमा सिरियल किसरका रुपमा चिनिन्छन् ।यसका अलावा उनले रितेश देशमुखसँग खेल्न प्रस्ताव गरिएको फिल्मलाई रिजेक्ट गर्नुको कारण बताउँदै भनिन्, ‘म पाकिस्तानकी चर्चित हिरोइन हुँ । यदि मैले बलिउडमा काम गर्नुपर्‍यो भने कुनै ए लिस्ट स्टारसँग नै गर्नेछु । त्यसैले रितेससँग काम गर्न चाहिनँ ।’

त्यसपछि प्रस्तोताले सलमान खानको फोटो देखाए । अभिनेत्रीले टिप्पणी गरिन्, ‘सल्लु भाईसँग मलाई एकदम डर लाग्छ । उनी एकदम छिचरो छन् । उनको कुनै स्टाइल छैन । डान्स गर्न पनि आउँदैन । आफ्नै मनलाग्दी स्टेप निकाल्छन् र डान्सका नाममा जे पनि गर्छन् । मलाई उनीसँग काम गर्नु छैन ।’सबा चाँडै नै अभिनेता इरफान खानको फिल्म ‘हिन्दी मिडियम’ मा डेब्यू गर्दैछिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK