बलिउड निर्देशक सञ्जय लिला भन्सालीमाथि आक्रमण, सेट तोडफोड

ENGLISH

ENTERTAINMENT

बलिउड निर्देशक सञ्जय लिला भन्सालीमाथि आक्रमण, सेट तोडफोड

28 January, 2017 | Bhawana Pathak | 700 Views | comments

आफ्नो अगामी चलचित्र पद्मावतीको सुटिङका लागि जयपुरमास्थित जयगढ किल्लामा रहेका फिल्म निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीमाथि कर्नी सेनाका कार्यकर्ताहरुले आक्रमण गर्नुका साथै चलचित्रको सेट तोडफोड गरेका छन् ।भन्सालीले इतिहासलाई गलत ढंगले प्रस्तुत गरेको आरोप कर्नी सेनाले लगाएको छ ।

set2

‘अलाउद्दिन खिलजी र पद्मिनीबीचको प्रेम कथालाई चलचित्रमा देखाउन खोजिएको हामीले थाहा पायौँ । यो बिलकुलै गलत हो र इतिहासलाई बंग्याउने काम हो । त्यही भएर हामीले सुटिङ रोकेका हौँ । यसमा परिवर्तन नगरेसम्म अवरोध जारी रहनेछ,’ संघका जिल्ला अध्यक्ष नारायन दिभरालाले भने ।ठूलो संख्यामा युवाहरु शुक्रबार बिहान सुटिङ स्थलमा पुगेका थिए । त्यहाँ पुगेर उनीहरुले सुटिङ अवरोध गरेका थिए ।

‘चलचित्रमा खालजी र पद्मिनीबीच अन्तरंग दृश्य देखाइन लागेको रहेछ । यो हामीलाई मन्जुर छैन । हामी त्यहाँ पुग्दा विवाद भयो र सुटिङ युनिटको तर्फबाट हावामा गोली चलाइयो । त्यहीँबाट स्थिति बिग्रएको हो,’ कर्नी सेनाका संस्थापक लोकन्द्र सिंह कल्भीले भने ।

दुवै पक्षबीच झडप भएको र सुटिङका सामग्री तोडफोड गरिएको छ ।पछि प्रहरी आएर दुई पक्षबीच छलफल गराएको र भन्सालीले चलचित्रमा त्यस्तो कुनै अन्तरंग दृश्य नभएको बताएको कल्भीले जानकारी दिए ।

प्रहरीले यो विषयमा कुनै मुद्दा दर्ता नभएको तर गोली चलेको बारे अनुसन्धान भइरहेको बताएको छ ।चलचित्रमा रनवीर सिंह, साहिद कपुर र दीपिका पाडुकोनको मुख्य भूमिका रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK