बलिउड अभिनेत्री श्रद्धा कपुरद्वारा सगुन मोवाइल एप सार्वजनिक

ENGLISH

TECH

बलिउड अभिनेत्री श्रद्धा कपुरद्वारा सगुन मोवाइल एप सार्वजनिक

11 January, 2018 | Kunjar Bhattarai | 1145 Views | comments

सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार सार्वजनिक गरेको छ । नयाँ दिल्लीको ‘ द ललित होटल’मा आयोजित एक भव्य समारोहबीच बलिउडकी लोकप्रिय अभिनेत्री श्रद्धा कपुरले मोवाइल एप  सार्वजनिक गरिन् ।

अभिनेत्री श्रद्धाले सगुनको मोवाइल एप आफूले पनि डाउनलोड गरेको बताउँदै आफू यस एपबाट निकै प्रभावित भएको बताइन् । सगुनको एपमा रहेका माइ डे, मुड टक, सेक्रेटजस्ता फिचर साच्चै युनिक, इनोभेटिभ र उत्कृष्ट रहेको उनको भनाइ थियो ।

‘सगुनको एप निकै चाखलाग्दो छ, उनले भनिन्, तपाईका सम्बन्धित सबैलाई सम्पर्कमा राख्न यसले निकै सघाउँछ । मलाई मेरो फिल्मी करियरमा समेत यसले सघाउने अपेक्षा छ । आफ्नो क्यालेन्डर ब्यवस्थित गर्न, गोप्य सामग्री साथीहरुलाई पठाउन यो निकै उपयोगी छ । श्रद्धाले सगुनका संस्थापक गोविन्द गिरीलाई यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो भनेर प्रश्न समेत गरिन् ।

कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता थियो । सगुनको एप लंचिग कार्यक्रममा सहभागी हुन संस्थापक गोविन्द गिरी, सहसंस्थापक कविन सिटौला तथा बेलायत, अष्टेलिया, कोरिया, अमेरिका, क्यानाडा, नेपाललगायत मुलुकबाट प्रतिनिधि दिल्ली आएका थिए ।

कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनले आफू जन्मेको देश नेपाल, कर्मक्षेत्र रहेको भारत र आफू बस्दै आएको मुलुक अमेरिकालाई जोड्ने बताए । ‘तपाईंहरुले सगुनको एप डाउनलोड गर्नुभयो भने यस क्षेत्रमा रोजगारीको अवसर बढ्ने छ, उनले भने, ‘विश्वव्यापी रुपमा यसको प्रयोगकर्ता बढे भने नेपाल र भारतको समृद्धिमा यसले सघाउने छ ।

वेव प्लेटफर्ममा रहेको सुगुनले स्मार्ट फोन प्रयोगकर्तालाई लक्षित गरेर एन्डोइड एप सार्वजनिक  गरेको हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने विश्वास सगुन टिमको छ ।
सगुनले आइफोन प्रयोगकर्ताहरुका लागि छिट्टै एप्पलको स्टोरमा पनि एप सार्वजनिक गरिने जनाएको छ ।

सगुनमा लगानी गरे एनआरएनए यूकेका अगुवाहरुले

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK