बलिउड अभिनेता मिथुन चक्रवर्ती ६६ बर्षमा ,

ENGLISH

ENTERTAINMENT

बलिउड अभिनेता मिथुन चक्रवर्ती ६६ बर्षमा ,

16 June, 2016 | Anjana Bhandari | 495 Views | comments

बलिउड अभिनेता मिथुन चक्रवर्ती आज आफ्नो ६६ औँ जन्म दिन मनाउँदै छन् । उनी १६ जुन सन् १९५० मा कोलकत्तामा जन्मेका थिए । मिथुनको वास्तवीक नाम गौरांग चक्रवर्ती हो ।mithun

उनको मिथुन पछि राखीएको नाम हो । सन् १९७६ मा फिल्म मृगयाबाट बलिउडमा ब्रेक लिएका मिथुनले पहिलो फिल्मबाटै उत्कृष्ठ अभिनेता राष्ट्रीय अवार्ड प्राप्त गरेका थिए । पहिलो फिल्मको सफलता पछि उनले अन्य फिल्ममा काम गर्ने मौका पनि पाउँदै गए ।

सन् १९८२ मा उनले फिल्म डिस्को डान्सरमा काम गरे । फिल्मको शीर्ष गीत आई एम अ डिस्को डान्सर दर्शक श्रोताले खुबै रुचाए । यहि गीतले मिथुनलाई चर्चित पनि बनायो । आज उनी डिस्को डान्सरका रुपमा पनि चिनिन्छन् ।

उनी जुनसुकै कार्यक्रममा पुगेपनि आई एम अ डिस्को डान्सरमा ननाचीकन फर्कने गरेका छैनन् । १९७६ देखी हालसम्म मिथुनले दर्जनौँ सफल फिल्महरु दर्शकका लागि पस्केका छन् ।

राम्रो अभिनयका कारण उनले धेरै पटक अवार्डहरु पनि जितेका छन । सिने उद्योगको सबैभन्दा ठूलो अवार्ड मानिने फिल्म फेयर अवार्ड पनि उनले दुई पटक जितेका छन् ।

फिल्ममा सफल भएका उनी फिल्मसँगै व्यवसायमा पनि लागेका छन् । उनी मोनाको गु्रप अफ होटेल्सका मालिक हुन् । भारतमाका चार ठूला सहरहरुमा उनका होटेलहरु छन् ।

सालाखालामा उनको कूल सम्पति २४० करोड भारतीय रुपैयाँ भएको जानकारी छ । मिथुनले फिल्मका साथै टेलिभिजन प्रस्तोता , गायक , र लेखकका रुपमा पनि आफ्नो परिचय बनाएका छन् । यसका साथै उनी सामाजिक कार्यकर्ता र राजनेता पनि हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK