बर्सेनि आउँछन् हजार ‘बाकस’: कति नेपालीको मृत्यु हुन्छ, परराष्ट्रसँग जानकारी छैन

ENGLISH

NRN GLOBAL

बर्सेनि आउँछन् हजार ‘बाकस’: कति नेपालीको मृत्यु हुन्छ, परराष्ट्रसँग जानकारी छैन

30 January, 2017 | Sandeep Bhattarai | 1095 Views | comments

बाकस

मलेसियाबाट कैलालीका प्रह्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शव त्रिभुवन विमानस्थलमा आइपुग्यो । शव बाहिर निकाल्ने फरक बाटो थिएन ।

मृतकका आफन्तले यात्रु निस्कने मूल ढोकाबाटै कफिन निकाल्दै थिए । त्यो देखेर विदेशबाट आएका यात्रु र उनीहरूलाई पर्खिबसेका आफन्तको मन चिसो भयो । भन्दै थिए, ‘कफिन त अर्कै बाटो लैजाने व्यवस्था भइदिए पनि हुन्थ्यो नि ।’

एउटै जहाजबाट ल्याइएका ती शव घरसम्म पुर्‍याउन ढोका छेउमै तीनवटा एम्बुलेन्स थिए । मेडिकल रिपोर्टअनुसार रानाले आत्महत्या गरेका थिए । पुनको हृदयाघातबाट मृत्यु भएको थियो । लालबहादुरको मृत्युको कारण खुलेको थिएन ।

त्यसअघि मात्रै कतारबाट ४ जनाको शव ल्याइएको थियो । जसमा थिए, सोनाम तामाङ, शेख इजराइल, मोहम्मद अकुब नदफ्फा, आइडी मोहम्मद । मेडिकल रिपोर्टमा सोनामको श्वासप्रश्वास समस्याका कारण मृत्यु भएको उल्लेख छ । शेख, मोहम्मद र आइडीको भने काम गर्ने क्रममा खसेर घाइते भएपछि मृत्यु भएको जनाइएको छ ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएका मुलुकबाट यसरी शव आउनु सामान्य भइसकेको छ । ती देशहरूबाट मात्रै हरेक वर्षजसो एक हजारको हाराहारीमा शव आउन थालेको छ । विदेशस्थित नेपाली दूतावासहरूका अनुसार सन् २०१६ मा मध्यपूर्वका देश र मलेसियामा मात्रै ९ सय ५० नेपालीले ज्यान गुमाएका छन् । जसमा ३८ जना महिला छन् ।

दूतावासहरूका अनुसार मलेसियामा ३ सय ९२, साउदी अरबमा २ सय २९, कतारमा १ सय ७६, संयुक्त अरब इमिरेट्स (यूएई) मा ६६, कुवेतमा २५, दक्षिण कोरियामा २०, बहराइनमा ११, अफगानिस्तानमा १४, ओमनमा ७, इराकमा ५ जनाको मृत्यु भएको छ । इजरायल, लेबनान, इजिप्ट, सिरिया र साइप्रसमा एक/एक नेपालीको ज्यान गएको छ । सबैभन्दा बढी मुटुजन्य रोग, हृदयाघात र उच्च रक्तचापबाट ५ सय जना, ट्राफिक दुर्घटनाबाट १ सय ७३, आत्महत्याबाट १ सय १३, कार्यक्षेत्र दुर्घटनामा ६२, विभिन्न जटिल रोगबाट ६७, नखुलेकोबाट १८, हत्याबाट १७ र बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको अभिलेखमा सन् २००८ देखि २०१५ सम्म ४ हजार ३ सय २२ जनाको मृत्यु भएको उल्लेख छ । जसमा ८५ महिला छन् । क्षतिपूर्ति लिन र शव घरसम्म लैजानका लागि निवेदन लिन आउनेहरू मात्रै बोर्डमा पुग्ने गरेका छन् । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, ‘हामीसँग यकिन तथ्यांक हुँदैन । परिवारले क्षतिपूर्ति लिनका लागि निवेदन दिनेहरू आएपछि मात्रै अभिलेखमा राख्छौं ।’

प्रवासमा कति नेपालीको मृत्यु हुन्छ भन्ने पूर्ण जानकारी परराष्ट्र मन्त्रालयसँग पनि छैन । दूतावासहरूले शव पठाउनका लागि दिइने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेको अभिलेखलाई नै परराष्ट्र मन्त्रालयमा पठाउने गरेका छन् । शव पठाउने बेला कम्पनी एनओसी लिन गएपछि मात्रै दूतावासले मृतक कामदारको सूचना पाउने गरेको छ ।
नेपाली मृतक कामदारको अध्ययन गरेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार विदेशमा नेपालीको ज्यान जाने क्रम बढिरहेको छ । ‘एक हजार पुरुष कामदारमा १.८० को दरले मृत्यु भइरहेको छ,’ आईएलओको प्रतिवेदनमा उल्लेख छ ।

दोष कसको ? 
कामदारको मृत्यु सम्बन्धमा कामदार आपूर्ति गर्ने र पठाउने देशले एकअर्कालाई जिम्मेवारी देखाउँदै आएका छन् । आपूर्ति गर्ने (गन्तव्य) मुलुकले कार्य क्षेत्रमा काम गर्ने बेला मृत्यु भए मात्रै जिम्मेवारी लिन्छ । त्यसबापत मृतकका परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था छ । ‘कार्य क्षेत्रमा दुर्घटनामा परेर वा कम्पनीको हेलचेक्र्याइँको कारण मृत्यु हुने कामदार १० प्रतिशत पनि छैनन्,’ कतारको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्ष डा. अली मुर्रीले भने, ‘कार्यस्थलमा पहिला कामदारको सुरक्षामा ध्यान दिएका छौं ।’

सरकारी नीतिको अभाव 
सरकार जति मात्रामा विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिन सचेत छ, त्यस हिसाबले मृत्युदर घटाउने सन्दर्भमा खास योजना र नीति बनाएको छैन । मलेसियाका लागि नेपाली राजदूत बस्नेतका अनुसार कामदारमाथि हुने तनाव कम गर्न कैयौं पटक अनुरोध गरे पनि स्थिति उही छ । ‘कामदारहरू २ लाखसम्म तिरेर आइरहेका छन् । जसले कामदारले मानसिक तनाव लिई हृदयाघात हुने र आत्महत्या गर्न पुग्ने जस्तो स्थिति छ,’ उनले भने, ‘मूल समस्या नेपालमै छ । मुहान सफा नगर्दा धमिलो पानीमा खेल्नेहरू धेरै भयो । यसलाई रोक्न पहलकदमी लिने भएन ।’

कान्तिपुरबाट

सग्लै गएको मान्छे,स्वदेश फर्कदा काठको बाकसमा..

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK