बर्लिन कार्निभलमा नेपालको सहभागिता

ENGLISH

NRN GLOBAL

बर्लिन कार्निभलमा नेपालको सहभागिता

22 May, 2018 | Kabi Adhikari | 1395 Views | comments

बर्लिन,जर्मनि । जर्मनिको राजधानी बर्लिनमा यही मे २० का दिन कार्निभल सडक महोत्सव सम्पन्न भएको छ । हरेक बर्ष आयोजना हुने उत्त कार्निभल पर्वमा नेपाल पनि सन २०११ देखी निरन्तर सहभागी हुँदै आइरहेको छ । नेपाली बिधार्थी समाज बर्लिन(NSSG), नेपाली राजदुतावास बर्लिनको संयोजकत्वमा रहेको उक्त सहभागितामा एनआरएनए (NRNA) जर्मनिको पनि सहकार्य रहेको थियो ।

बिश्वका करिब ६८ देशका ४००० कलाकारहरुले आ-आफ्नो देशको सांस्कृतिक झाँकी प्रदर्शन गरेको उक्त महोत्सव दशौं लाख दर्शकले प्रत्यक्ष र करोडौं दर्शकले टेलिभिजन मार्फत प्रत्यक्ष अवलोकन गरेका थिए । प्रवासमा रहेर नेपालको कला,संस्कृति र परम्परालाई जगेर्ना गर्ने र सो मार्फत बिदेशी पर्यटकलाई नेपाल भ्रमणको लागी आकर्षित गरी नेपालको पर्यटन बिकासलाई प्रबर्धन गर्ने उद्देश्यका साथ जनाइएको उक्त सहभागितामा नेपाली टोलिले बिभिन्न जातजातिका साथै धार्मिक झाँकिहरु पनि प्रदर्शन गरेको थियो । राष्ट्रिय झन्डा सहित बिभिन्न रङ्गिचङ्गी पोशाकमा सजिएको नेपाली टोलिको प्रदर्शन अत्यन्तै उत्कृष्ट रहेको थियो । नेपाली विद्यार्थी समाज जर्मनिका संयोजक अशोक तिमील्सिनाको नेतृत्वमा सहभागी नेपाली टोलिमा बर्लिनवासी नेपाली तथा जर्मनिका अन्य शहरहरुबाट साथै युरोपका अन्य देशहरुबाट पनि नेपालीहरुको सहभागिता रहेको थियो ।

जर्मनिका लागी नेपाली राजदुत श्री रमेश प्रसाद खनाल कार्यक्रम अवधिभर स्वयं उपस्थित भएर सबैलाई थप हौसला बढाइरहनु भएको थियो । दिनभरिको सडक झाँकी पश्चात साँझ गरिएको रात्रिभोजमा राजदुत महामहिमले नेपालको सहभागिता अत्यन्त प्रभावकारी रहेकोले सहभागी सबैलाई धन्यवाद ज्ञापनका साथै यो सहभागिता सधै निरन्तर रहिरहनु पर्नेमा जोड दिनु भएको थियो भने बर्लिन निवासी डा. प्रजल प्रधानले यसलाई सस्थागत गर्नु पर्नेमा चासो देखाउनु भएको थियो ।

यसै गरी गैर आवसिय नेपाली संघ जर्मनिका उपाध्यक्ष श्री मिलन राज पन्त, सचिव राजेश सुनार, बर्लिन निवासी डा. महेश्वर रुपाखेति, ई. दिपक प्रसाइ ,नेपाल पर्यटन बोर्डका सदस्य श्री कृष्ण बहादुर महरा,जर्मनिका लागी पर्यटन दुत श्री सन्तोश कुमार भट्टराइ पनि उक्त महोत्सवमा सहभागी हुनु भएको थियो ।

बर्लिनमा नेपाल साँझ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK