बर्दिवासको मुसहर बस्ती पुगे धुर्मुस

ENGLISH

बर्दिवासको मुसहर बस्ती पुगे धुर्मुस

28 December, 2016 | Bipin Acharya | 1350 Views | comments

dhurmus

आरके महतो,मुहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानै देखि खुशी थिइन । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन् ।

मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुशलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘ हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ । ’

मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए । एका बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे । कोही छिमेकीको आगनबाट फूल टिपेर ल्याए । कोही माला उने । होही बस्ती सरसफाइमा जुटे । कोही ‘धुर्मुस सर हजुर कता आइपुग्नु भयो ’ भनेर बस्तीका अगुवा मञ्जय सादाले सूचना संकलन गरेर बस्तीका स्थानीययलाई जानकारी गराई रहेका थिए ।

धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरु खुशीले गद गद भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुशियाली साटे ।

मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । धमुर्स —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाँडौंबाट बर्दिबास आएका छन् ।

स्थानीयको स्वागत्ले अफूहरुलाई काम गर्न हौसला बढाएको उनले मुसहरसंगको कुरा धुर्मुसले व्यक्त गरे । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ । सबै तिरका विभिन्न पीडिमा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु,’ उनले भने,‘ हामी सबै खटिएमा देश अवश्य बन्छ ।’

राष्ट्र निर्माण तपाई हाम्रो अभियानलाई आत्म साथ गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लागनु पर्ने बेला आएको उनले बताए ।उनले भने,‘हामीले भोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौं । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं ।

दुई बर्षमै देशमा कायापल्ट हुन्छ ।’मंलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तायार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे ।

चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली पाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK