बरदुबईमा नेपालीहरुको सक्रियतामा खुल्यो शुभयात्रा ट्राभल

ENGLISH

NRN GLOBAL

बरदुबईमा नेपालीहरुको सक्रियतामा खुल्यो शुभयात्रा ट्राभल

राम ढुंगेल दुबई

12 May, 2017 | Sandeep Bhattarai | 885 Views | comments

शुभयात्रा ट्राभल

युएईका नेपालीहरुको जमघटको केन्द्र बरदुबईमा शुभयात्रा ट्राभलले आफ्नो सेवा आरम्भ गरेको छ ।

तीन जना नेपाली व्यावसायीहरुको लगानीमा नयाँ ट्राभल एजेन्सी सञ्चालन हुने भएको हो । १२ मे, शुक्रबारबाट सेवा सुचारु भएको शुभयात्रा ट्राभल एण्ड टुरिजम एलएलसीको औपचारिक उद्घाटन केही हप्ताछि भब्यताका साथ गरिने सञ्चालकहरुले बताएका छन् ।

युएईमा रहेका नेपालीहरुलाई लक्षित गर्दै खोलिएको यस ट्राभलले मुख्यतः एयर टिकेटिङ, होटल बुकिङ, टुरिस्ट भिसा, भिसा चेन्ज, डेजर्ट सफारी ,द्योउ क्रुज आदि सेवाहरु प्रदान गर्ने सञ्चालकमध्येका एक तोया चौलागाईले जानकारी दिएका छन् ।

बजेट एयरलाईन्सको नाममा केही बिदेशी एयरलाईन्सले यात्रुहरुलाई पानी समेत नदिई महँगो भाडा असुली गरिरहेको अवस्थामा नेपाली एयरलाईन्स कम्पनीलाई प्राथमिकतामा राखी प्रतिस्पर्धात्मक तथा तुलनात्मक रुपमा गुणस्तरीय सेवा प्रदान गर्ने शुभयात्राका सञ्चालकहरुले प्रतिबद्धता गरेका छन् ।

बरदुबईको केन्द्रस्थित बलिउड बिल्डिङको पहिलो तल्लामा शुभयात्रा ट्राभल रहेको छ । झापाका तोया चौलागाई र दिलिप मैनालीका साथमा बुटवलका कृष्णप्रसाद भट्राईको संयुक्त लगानीमा शुभयात्रा ट्राभल एण्ड टुरिजम एलएलसी सुरु भएको हो ।

यस ट्राभलले युएईबाट बिक्री गरिएका टिकटहरुमा केही परिर्वन गर्नु परेमा काठमाडौंमा रहेको सुप्रिम होलिडे ट्राभलबाट फोनमार्फत सेवा प्रदान गरिने बताएका छन् । विगत १२ वर्षदेखि ट्राभल क्षेत्रमा आबद्ध आबद्द नेपालमा सुप्रिम होलिडे ट्राभल प्रालिका प्रबन्धक चौलागाईले युएईका नेपालीहरुलाई लक्षित गर्दै शुभयात्रा ट्राभल स्थापना गरिएको बताए । बरदुबईको केन्द्रमा विगत ५ वर्षदेखि सफलतापूर्वक सञ्चालित सिल्भर स्पुन रेन्टुरेन्टको सञ्चालक चौलागाईले नेपाली एयरलाइन्सको टिकट सस्तो दरमा उपलब्ध गराइने जानकारी दिएका छन् ।

विगत १५ देखि युएईमा कार्यरत बुटबल सालझन्डीका कृष्णप्रसाद भट्टराई बरदुबईको मिनाबजारमा ब्लुसिटी इलेक्टिकल ट्रेडिङमा सञ्चालन गर्दा आर्जेको अनुभवले ट्राभल क्षेत्रमा लगानी गरेको बताए ।

लामो समय युएईमा रोजगारीमा रहेका झापाका दिलिप मैनालीले पहिलो व्यवसायका रुपमा शुभलाभ ट्राभलमा लगानी गरेका छन् । यस क्षेत्रमा नयाँ भएपछि अनुभवी पार्टनरको सहकार्य र आफ्नो जनसम्पर्कका राम्रो भएका कारण शुभयात्रा ट्राभललाई सफलताको शिखरमा पुर्याउने बताएका छन् ।

बरदुबईको केन्द्रमा रहेको बलिउड बिल्डिङको पहिलो तल्लाको १०५ नम्बरमा शुभयात्रा ट्राभल रहेको छ । युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरुका लागि बैठक तथा अन्तक्र्रिया कार्यक्रम गर्न शुभयात्रा ट्राभलले निःशुल्क हल उपलब्ध गराउने सञ्चालक तोया चौलागाईले बताएका छन् ।

दुबईमा विदेशमा फस्टाउँदै गएको नेपाली व्यापारको विषयमा अन्तरक्रिया

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK