बमलाई रिहाइ गर्न प्रधानमन्त्रीको पहल

ENGLISH

बमलाई रिहाइ गर्न प्रधानमन्त्रीको पहल

18 January, 2017 | Yadab Devkota | 875 Views | comments

Ama Bahadur Bomप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमसंग अमरबहादुर बमको आममाफीका लागि अनुरोध गर्नुभएको छ ।

मंगलबार दिउँसो स्वदेश फर्कनु अघि दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहालले साउदीको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफीसहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गर्नुभएको हो

प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मोक्तुमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको थियो ।

भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालमा सगरमाथा जस्ता प्राकृतिक उच्च टावर छन्, तपाईहरूले विश्वमै सबैभन्दा उच्च मानव निर्मित टावर बनाएर देखाउनु भएको छ ।

यो विश्वकै लागि उदाहरणीय छ । दुई ठूला टावरको बीचमा राम्रो कनेक्सन भयो भने दुई देशकै लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ, यसमा नेपाल युएईसँग सहकार्य गर्न चाहन्छ ।”

प्रधानमन्त्रीले जलविद्युत्का क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मोक्तुमको ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले युएईमा कार्यरत नेपाली कामदारले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK