बदररहित मतदानका लागि मतदाता शिक्षा कार्यक्रम

ENGLISH

POLITICS

बदररहित मतदानका लागि मतदाता शिक्षा कार्यक्रम

17 May, 2017 | Bhawana Pathak | 560 Views | comments

स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालिएको छ ।
मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाका साथै प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

ग्रामीण क्षेत्रका जनतालाई नाटकको माध्यमबाट आकर्षित गरी मतदान गर्ने विधिबारे र मतपत्र पट्याउने प्रक्रियाबारे जानकारी गराउने मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । यस जिल्लाका १७ वटा निकायमा १८ पटकसम्म ‘जेठ ३१ गते भ्याँउदिन, भोट हाल्न जान्छु’ शीर्षकको नाटक गुरुकुल आरोहणद्वारा नृत्य मञ्चन गरिएको हो ।

करिब आधा घन्टासम्म नृत्य देखाएपछि मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराइएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ । सो नृत्य कार्यक्रमप्रति जनतामा आकर्षण देखिएपछि सुनसरीका १२ वटै निकायमा र झापाका तीनवटा निकायमा समेत सो नाटक मञ्चन गरिएको हो ।

यसका साथै सो नाटक सप्तरी र सिरहामा जेठ ३ गतेदेखि ८ गतेसम्म मञ्चन हुने सो कार्यालयका प्रमुख सञ्जेलले थप्नुभयो । २०७० सालको संविधानसभाको निर्वाचनमा झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा अन्य जिल्लाको तुलनामा बढी मत बदर भएकाले ती जिल्लामा बढी ध्यान केन्द्रित गरिएको बताइएको छ ।

जेठ ३१ गते हुन गइरहेको निर्वाचनका लागि जेठ ५ गतेदेखि पुनः जिल्लाको प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु हुने भएको छ । प्रत्येक वडा कार्यालयका प्रमुख मतदाता शिक्षा सुपरीवेक्षकको रुपमा रहेका छन् र जिल्लाका १७ वटा स्थानीय निकायका १५९ वटा वडाका लागि ६४० जना मतदाता शिक्षा कार्यकर्ता खटाउन लागिएको छ ।

प्रथम चरणको निर्वाचनमा काठमाडौँमै करिब १० प्रतिशत मत बदर भएको समाचार प्रसारित भइरहेकाले अब थप बढी सजगताका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख सञ्जेलले जानकारी गराउनुभयो ।

यसैबीच, रङ्गेलीमा गत आइतबार ‘नमुना मतदान अभ्यास’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजका विभिन्न वर्गका २० जनाले मतदान गरेकामा एउटा पनि मत बदर नभए पनि मतपत्र पट्याउनमा अधिकांशले गल्ती गरेको देखिएको प्रमुख सञ्जेलले जानकारी गराउँदै जेठ ५ गते विराटनगरको गुदरीमा पनि सो अभ्यास कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK