बडा दशैंको शुभकामना : सम्पूर्ण नेपालीको दशैं शुभ होस् (सम्पादकीय)

ENGLISH

बडा दशैंको शुभकामना : सम्पूर्ण नेपालीको दशैं शुभ होस् (सम्पादकीय)

सन्दीप भट्टराई

17 October, 2018 | Sandeep Bhattarai | 5935 Views | comments

दशैं

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरू हुने र नौ दिनसम्म शक्तिमाता दुर्गा भवानीको पूजा–आराधना गरी मनाउँदै दशौं दिन मान्यजनहरूको हातबाट विजया दशमीको टीका ग्रहण गरी उल्लासमय वातावरणमा यो चाडपर्व मनाइन्छ । आध्यामिक चेतनाले अनुप्राणित नेपाली समाजमा बडा दशैंको धार्मिक–सांस्कृतिक महत्व बिशिष्ट छ ।

यो चाडपर्वले नेपाली समाजको सांस्कृतिक–धार्मिक बिशिष्टताको परिचय दिँदैआएको छ । एकआपसमा मेलमिलाप, सामाजिक सद्भाव र सहिष्णुता प्रदर्शनको सामूहिक संस्कृति निर्माण नै नेपाली समाजको आदर्श पक्ष हो र यसको जगेर्ना गर्नसके हाम्रो देश, हाम्रो समाज, हाम्रो संस्कृति सदा एकतावद्ध र जीवन्त रहनसक्छ । समग्रतामा बडादशैं र विजया दशमीको पावन पर्वले प्रवाह गर्दैआएको सन्देश नै यही हो ।

हिन्दु धर्म, संस्कृति र जीवन पद्धतिबाट अभिसिञ्चित हुँदै विकसित भएका मानव कल्याणकारी सन्देशहरू क्रमशः विलुप्त हुँदै गएका छन् भने विधर्मी संस्कृतिको आक्रामक गतिले नेपाली समाजको मौलिक अस्तित्व नै समाप्त हुनेसम्मका खतरापूर्ण संकेतहरू नेपाली समाजभित्रै मडारिइरहेका छन् । युगौंदेखि विविधताबीच एकताको बिशिष्ट नमूना प्रदर्शन गर्दैआएको नेपाली समाजमा आज वैदेशिक क्षेत्रबाट सुनियोजित रुपमा प्रक्षेपित अतिक्रमणकारी धारणाहरूले ठूलै वित्तण्डा मच्चाइरहेका छन् ।

राजनीतिक परिवर्तन र सामाजिक–आर्थिक रूपान्तरणको लहरले सिंगो नेपाली समाज प्रभावित भैरहेको मौका छोपेर नेपाली समाजको सद्भाव, मेलमिलाप र सहिष्णुताको संस्कार र संस्कृति नष्ट गर्न खोज्ने आसुरी प्रवृत्तिप्रति नेपाली समाज सचेत हुनैपर्ने अवस्था सिर्जित भैसकेको छ ।

परिवारजनसंग भेटघाट गर्ने, राम्रा–राम्रा नयाँ लुगा लगाउने, मीठो–मीठो खाने र सुख–समृद्धिको अनुभूत गराउने यो अवसरलाई सवै नेपालीले समान रुपमा मनाउन सक्ने वाञ्छित वातावरणको सिर्जना एकातिर नितान्त दुरुह बन्दैगएको छ भने राष्ट्रिय संस्कृतिविरुद्धका छद्म अभियानहरू पनि उत्तिकै उत्कर्षमुखी छन् । यो नेपाली समाजमा थपिँदैगएको गम्भीर चिन्ताको विषय हो ।

हाम्रा आफ्ना मौलिक पहिचानहरूमाथि अनेक कुनाबाट प्रहार गर्ने र यो देशको सार्वभौमिकता, अखण्डता र एकतामाथि धावा बोल्ने धृष्टतापूर्ण गतिविधिका दुष्परिणामहरू जताततै देखापरिरहेका छन् । नेपालको भूगोल, इतिहास, राजनीति, अर्थव्यवस्थादेखि लिएर सामाजिक, धार्मिक, भाषिक, सांस्कृतिक हरेक क्षेत्र अतिक्रमण, अपव्याख्या, विचलन, अवनति र विध्वंशात्मक प्रहारको सुनियोजित अभियानको चपेटामा पर्दैगएको छ ।

विधर्मीहरूले नानाथरी भ्रमात्मक प्रचार गरेर नेपालको मौलिक संस्कृति नष्ट गर्ने जुन षडयन्त्र गरिरहेका छन् त्यसले तीब्र गति लिइरहेकाले धर्मपरिवर्तन र रूपान्तरणको वेग तीब्रतर बन्दैगएको छ । बडादशैं जस्तो राष्ट्रिय चाडपर्वको समेत विरोध र बहिष्कारको बीजारोपण गर्ने विधर्मीहरूको दुस्प्रयासको प्रभाव भलै नेपाली समाजमा न्यून नै रहे पनि राजनीतिक विचलनका दुष्परिणामहरूले सांस्कृतिक विचलनलाई मलजल गरिरहेको कुरालाई नकार्नसकिने अवस्था छैन ।

हाम्रो संस्कृति हाम्रो पहिचान हो । हामीले हाम्रो संस्कृतिको रक्षा गर्नसक्यौं भने मात्र हाम्रो पहिचान कायम रहिरहन सक्छ र हाम्रो देशको अस्तित्व संरक्षित हुनसक्छ । बडादशैंलगायतका हाम्रा राष्ट्रिय चाडपर्वहरूले हामीलाई आपसी सद्भाव र मेलमिलाप, सिर्जनात्मक सोच र सांस्कृतिक सचेततातिर अभिप्रेरित गरिरहेका छन् ।सांस्कृतिक विचलनलाई प्रोत्साहन दिने कुनै पनि प्रकारका गतिविधिले मुलुकलाई अस्तित्वविहीन अवस्थातिर धकेल्ने कुत्सित ध्येय राखेको तथ्यलाई सवै नेपालीले समयमा नै बुझेर राष्ट्रको मौलिक पहिचान र अस्मिताको रक्षाका लागि आफूलाई समर्पित गर्नुपर्ने दिन आइसकेको छ ।

कामना गरौं– भविष्यमा हामी नेपालीका दिन फिरुन, सवै नेपालीहरूले आफन्तजनहरूसंग बसेर बडा दशैं जस्तो राष्ट्रिय चाडपर्व मनाउन पाउन् । नेपाली जनताबीचको एकता, सद्भाव र मेलमिलापले नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचान कायम राखिरहन सकोस् । मौलिक पहिचानको राष्ट्रिय चाडपर्व बडादशैंले हामी सवै नेपालीजनमा शान्ति, समृद्धि र खुशीको लहर ल्याओस् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK