बङ्गलादेशमा अपहरण तथा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड

ENGLISH

WORLD

बङ्गलादेशमा अपहरण तथा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड

16 January, 2017 | arjun baral | 660 Views | comments

bangladeshबङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ ।

सन् २०१४ को अप्रिलमा नारायणगञ्ज नगरमा सात व्यक्तिको अपहरण तथा हत्याको भएको मुद्दामा सुनुवाइ गर्ने न्यायाधीशले ३५ प्रतिवादीलाई दोषी ठहर गरेका छन् । यस सुनुवाइमा बङ्गलादेशमै चासो दिइएको थियो ।

नारायणगञ्जमा एक वर्षसम्म चलेको यस सुनुवाइपछि न्यायाधीश सयद इनायत हुसेनले २६ व्यक्तिलाई झुण्ड्याउन तथा नौ व्यक्तिलाई सात देखि १७ वर्षसम्म कारागारमा राख्न आदेश दिनुभएको छ ।

प्रत्यक्षदर्शीले नगरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर सात व्यक्तिलाई नम्बर नभएको एक गाडीमा बाँधिएको अवस्थामा देखिएको सूचना दिएको तीन दिनपछि उनीहरूको शव नदीमा तैरिएको अवस्थामा फेला परेको थियो ।

मृत्युदण्डको आदेश पाउनेमा ‘‘¥यापिड एक्सन बटालियन’’ का कमान्डर तथा प्रधानमन्त्री सेख हसिनाको मन्त्रिपरिषदका एक सदस्यका ज्वाइँ तारेक सइद पनि परेका छन् ।

सरकारी वकिलहरूले सुनुवाइमा नारायणगञ्जमा स्थानीय परिषद् सदस्य तथा हसिनाको अवामी लिगका सदस्य नुर हुसेनले आफ्ना प्रतिद्वन्द्वी नजरुल इस्लाम तथा उनका चार सहयोगीलाई मार्नका लागि ‘‘¥यापिड एक्सन बटालियन’’ का अधिकारीहरूलाई भाडामा लिएको विषयमा जानकारी दिएका थिए ।

क्रिकेट मैदानबाहिर अपहरणको भिडियो आफ्नो मोबाइल फोनमा खिच्ने एक वकिल तथा निजको चालक पनि पछि अपहरणमा परेका थिए ।

यी सातै व्यक्तिको हत्या गरिएको थियो र उनीहरूको शव नगरबाहिर शितलक्ष्य नदीमा बगाउनु अगाडि उनीहरूको पेट काटिएको थियो ।

सोमबार मृत्युदण्डको आदेश पाउनेमा हुसेन पनि परेका छन् र उनी हत्यापछि भारततर्फ भागेको थिए । पछि उनलाई कोलकाटामा पक्राउ गरि हस्तान्तरण गरिएको थियो ।

अदालतबाहिर वादीका वकिल शखवात हुसेनले आफूहरूले अन्त्यमा न्याय पाएको र सन्तुष्ट भएको बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK