बंगलादेशलाई पराजित गर्दै भारतद्वारा छैठौ पटक एसिया कपको उपाधि कब्जा

ENGLISH

SPORTS

बंगलादेशलाई पराजित गर्दै भारतद्वारा छैठौ पटक एसिया कपको उपाधि कब्जा

7 March, 2016 | Sandeep Bhattarai | 520 Views | comments

टि ट्वान्टी फर्म्याटमा खेलाइएको एसिया कपको फाइनल संस्करण आइतबार सकिएको छ ।

ind

आइतबार भएको खेलमा बङ्गलादेश भारत द्वारा ५ विकेटले पराजित भएको थियो । पाकिस्तानलाई पराजित गरेर बङ्गलादेश फाइनलमा प्रवेश गरेको थियो भने भारत अपराजित हुँदै पहिलो स्थानमा रहदै सिधै फाइनल प्रवेश गरेको हो । लगातारको वर्षा र हावाहुरीको कारण खेल १५ ओभरमा झारिएको थियो ।

बङ्गलादेशको मिरपुर खेलमैदानमा टस हारेर ब्याटिङको लागि निम्तो पाएको बङ्गलादेशले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउदै १ सय २० रन बनाएको थियो । बङ्गलादेशको लागि मामुदुल्लाह र सव्विर रहमान क्रमश ३३ र ३२ रनमा अविजित रहे भने साकिव अल हसनले २१ रन जोडेका थिए । त्यस्तै सौम्य सरकारले १४ रनको योगदान दिए । अरु खेलाडीको प्रदर्शन भने खासै उल्लेखनिय रहेन ।

भारतका लागि रविचन्द्रन आश्विन ,आशिष नेहरा ,जस्प्रित बुम्राह र रविन्द्र जडेजाले समान १–१ विकेट लिए । १२१ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले निर्धारित १३.५ ओभरमा २ विकेट गुमाउदै १ सय २२ रन बनाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि शिखर धवनले ६० रन बनाए भने विराट कोहली अविजित रहँदै ४१ रनको योगदान दिए । त्यस्तै धोनीले २० रन जोडेका थिए ।

बंगलादेशका लागि तास्किन अहमद र अलअमिन हुसेनले समान १-१ विकेट हात पारेका थिए । खेलमा ६० रनको योगदान दिएका भारतका शिखर धवन प्लेयर अफ द म्याच भए । यो संगै भारतले एसिया कपको उपाधि छैठौ पटक जितेको छ भने घरेलु मैदानमा पहिलो पटक उपाधि जित्ने बंगलादेशको सपना चक्नाचुर भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK