बंगलादेशमा अर्को आक्रमण गर्ने आइएसको धम्की भरि भिडियो

ENGLISH

WORLD

बंगलादेशमा अर्को आक्रमण गर्ने आइएसको धम्की भरि भिडियो

बंगलादेशमा फेरि अर्को आक्रमण गर्ने धम्की एक भिडियो जारी गर्दै बताएको छ

6 July, 2016 | arjun baral | 2065 Views | comments

is1

आतंकवादी संगठन इस्लामिक स्टेटले बंगलादेशमा फेरि अर्को आक्रमण गर्ने धम्की एक भिडियो जारी गर्दै बताएको छ।

उक्ता धम्कीपूर्ण भिडियोमा बंगाली भाषामा जारी यस भिडियोमा देखिएका तीनजना युवा पनि बंगलादेशी मूलकै रहेका छन् । यी मानिसको पहिचान हुन भने सकेको छैन । बंगलादेशको सरकारको तर्फबाट यस मामिलामा अहिलेसम्म कुनै धारणा बाहिर सर्वजनिक गरेको छैन्।

बुधवार यो भिडियो यूट्यूबमा हालिएको थियो । यसमा आइएसले “मुजाहिदोनु जो मुस्लिविरुद्ध लडिरहेका छन् र मुजाहिद देशु माथि हमला गर्ने धम्की दिइएको छ ।

भिडियोमा देखिएका एक व्यक्तिले भने, “हामी मुजाहिदोनको हत्या गर्न जब बन्द गर्छौं तब तबसम्म हामी जित्दैनौ ।हामी आफ्नो ज्यान दिइरहन्छौं । हामीसँग गुमाउनका लागि केही पनि बाँकी छैन ।”

दोस्रा ब्यक्तिले बंगलादेश सरकारलाई काफिरको संज्ञा दिए । “सरकारले अल्लाहको कानुन बदलेर मानिसको कानुन लागू गर्यो । अब यिनीहरु काफिर हुन् ।”

उनीहरुले आफ्नो धर्मअनुसार यिनीहरुविरुद्ध लड्नु हाम्रो कर्तब्य हो रहेको बताएका छन् , आइएसका कार्यकर्ताले भनेका छन्, “मुजाहिदले बम धमाकाबाट संसारभर निर्दोष मुस्लिमको ज्यान लिइरहेकाले हामी प्रतिरोधमा उत्रेका हौं ।”

तेस्रा ब्यक्तिले मुस्लिसँग जिहादका लागि आइएसमा आउन अपिल गरेका छन् । १ जुलाईको राति ढाका कडा सुरक्षा हुने गुलशन कुटनीतिक क्षेत्रस्थित एक रेस्टुरेन्टमा अल्लाह हु अकबरु नारा लगाउँदै पुगेका आतंकवादीहरुले ४० जनालाई बन्धक बनाएका थिए ।

जसमध्ये १८ जनालाई बचाउन सकिएको थियो भने २२ जना मारिएका थिए । मारिनेहरुमा धेरैजसो इटाली र जापानका थिए । हमलाको १० घन्टापछि एक सय कमान्डोले ६ जना आतंकवादीलाई गोली हानी मारेका थिए । एकजना भने भाग्न सफल भएको बताइएको थियो । आइएसको एक समाचार एजेन्सीले ५ आतंकवादी र हमलाको तस्बिर पनि सार्वजनिक गर्दै घटनाको जिम्मेवारी लिएको छ । तर बंगलादेशी सरकारले भने यो हमलामा आइएसको संलग्नता इन्कार गर्दै स्थानीय समूहकै हात रहेको दाबी गरेको थियो ।

भिडियो:-

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK