बंगलादेशको बन्धक संकटबाट, विदेशी नागरिकसहित १३ बन्धकहरुको उद्दार

ENGLISH

WORLD

बंगलादेशको बन्धक संकटबाट, विदेशी नागरिकसहित १३ बन्धकहरुको उद्दार

2 July, 2016 | arjun baral | 955 Views | comments

bangladesh-attack

रातभर लम्बिएको बंगलादेशको बन्धक संकटबाट पार पाउन सुरक्षा फौजले शनिबार बिहान कारबाही गरेका छन्। स्थानीय समयय अनुसार बिहान ७ बजेर ४० मिनेट जाँदा विस्फोटका ठूल्ठूला आवाज सुनिएका थिए। उनीहरुले विदेशी नागरिकसहित १३ बन्धकहरुको उद्दार गरेका छन्।

बंगलादेशमा शुक्रबार राति गुलशन नामको कुटनीतिक व्यक्तिहरुको चहलपहल हुने ठाउँमा रहेको एउटा स्पेनिस रेस्टुरेन्टमा केही बन्दूकधारीहरुले आक्रमण गरी विदेशीसहित २० भन्दा बढी बन्धक बनाएका थिए। स्थानीय मिडियाले घाइते दुई प्रहरीको मृत्यु भएको जनाएका छन्।

बंगलादेशको द डेली स्टारका अनुसार बन्दूकधारीहरुले चलाएको गोली र गराएको विस्फोटमा प्रहरीसहित कम्तिमा ३० जना घाइते भएका छन्। स्थानीय समय अनुसार करिब पौने ९ बजे होली आर्टिसन बेकरी नामको स्पेनिस रेस्टुरेन्टमा बन्दूकधारी प्रवेश गरेपछि घटना भएको हो। आक्रमणको जिम्मा आइएसआइएसका लडाकुहरुले लिएका छन्।

रेस्टुरेन्टबाट भाग्न सफल भएका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै द डेली स्टारले जनाए अनुसार आक्रमणकारीहरुले विस्फोट गराउन थाल्नुअघि अल्लाहो अकबर भनी चिच्याएका थिए। रेस्टुरेन्टलाई कब्जामा लिइसकेपछि उनीहरुले हस्तक्षेप गर्न आउनेहरुमाथि अन्धाधुन्ध गोली चलाई विस्फोटसमेत गराएका थिए।

टर्कीको विमानस्थलमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK