फ्र्याङ्कफर्टमा एनआरएनए जर्मनी फुटवल कप हुँदै

ENGLISH

NRN GLOBAL

फ्र्याङ्कफर्टमा एनआरएनए जर्मनी फुटवल कप हुँदै

16 June, 2016 | Sandeep Bhattarai | 1035 Views | comments

germanyयुरोकप २०१६ फुटवल प्रतियोगिता फ्रान्समा चलिरहेको वेला जर्मनीमा वस्ने नेपालीहरुले एक आपमसमा मिलेर मनोरन्जन गर्न राष्ट्रव्यापी फुटवल प्रतियोगिताको आयोजना गरेका छन्। फुटवल प्रतियोगिता आगामि जुन पच्चीस तारिख शनिवारको दिन एकदिने कार्यक्रमको रुपमा सम्पन्न हुनेछ।

प्रतियोगितको आयोजना गर्न एनआरएनए जर्मनी कप २०१६को घोषणा गर्दै बिभिन्न पुरस्कारहरु राखिएको छ । एनआरएनए जर्मनी ले आफ्नो क्षेत्रिय कमिटी एलसीसी हेसेन संग मिलेर दुवैको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न गर्दै छ। प्रतियोगितामा अहिले सम्म जर्मनीका बिभिन्न भागहरुवाट गरि दशबटा टीमहरु दर्ता भैसकेका छन । टीम तयार पार्नेकाममा एनआरएनए जर्मनीका बर्लिन ह्याम्वर्ग, ब्रेमेन निदरज्याक्सन, एनआरडव्ल्यु म्युनिखका एलसिसीहरुले सहयोग गरिरहेका छन।

एनआरएनएका केन्द्रिय र स्थानिय पदाधिकारीहरु सम्मिलीत एउटा छुट्टै टिम पनि तयार पारिएको छ । एम्पायरको भुमिकामा जर्मनीको राष्ट्रिय खेलहरुमा संचालन गरिसकेकाहरु लाई नियुक्त गरिएको छ। टाढा टाढावाट आउने खेलाडी र दर्शकहरुलाई वस्नको निमित्त होटलहरु बुक भैसकेका छन्। विजेताहरुलाई दिईने प्रमाण पत्र र मेडलहरु तयार पारिसकेको छ। बिभिन्न पुरस्कार र मेडेलहरु तयार पर्नको लागि लाग्ने खर्चको लागि जर्मनीमा बिभिन्न ब्यबसायीहरु र एनआरएनएका पदाधिकारीहरुले स्पोन्सर गरेका छन। स्पोन्सरहरुको नाम खेल प्रतियोगिताको दिन प्रकासित गरिने र स्पोन्सर्सिप बाट उठेको बाँकी रकम एनआरएनएले च्यारिटीमा खर्च गर्नेछ।

प्रतियोगितामा सहभागी र दर्शकहरु गरी ५०० भन्दा बढी नेपाली र जर्मनहरुको सहभागिता रहने छ। स्थानिय तहमा एनआरएनएका स्पोर्ट कोर्डीनेटर कुम्भ राज रेग्मी र एलसीसी हेसेनका कोर्डीनेटर लोक मणी ढकालका साथै अन्य एलसीसी सदस्यहरुले संयोजन गरिरहेका छन्। एनआरएनए को नेतृत्वमा अहिले सम्म यस्तो ठुलो खेल प्रतियोगिताको आयोजना पहिलो चोटी गरिदै भएकोले पनि नेपालीहरुको उत्साहजनक सहभागिता हुन गइरहेको हो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK