फ्रान्स युरो कपको सेमिफाइनलमा

ENGLISH

SPORTS

फ्रान्स युरो कपको सेमिफाइनलमा

आइसल्याण्ड ५-२ ले पराजित

4 July, 2016 | Sandeep Bhattarai | 1630 Views | comments

युरो कप फुटबल अन्तर्गत सोमबार बिहान भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सले आइसल्याण्डलाई ५-२ ले पराजित गरेको छ ।

France vs Iceland Highlights

यो हार संगै पहिलो पटक युरोकपमा छनोट भएर सनसनीपूर्ण खेल प्रदर्शन गरेको आइसल्याण्डको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ । खेलमा फ्रान्सले सुरुदेखि नै दबाव कायम राख्यो । उसका लागि खेलको १२ औं मिनेटमा ओलिभर जिरउडको गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रान्सले १९ औं मिनेटमा अग्रता दोब्बर बनायो । उसका लागि पल पोग्बाले दोस्रो गोल गरे । २-० ले पछि परेपछि दवाबमा देखिएको आइसल्याण्डले खेलको४२ औं मिनेटमा तेस्रो गोल खान पुग्यो । उसका लागि दिमित्री पयेटले गोल गरे ।

त्यस्तै खेलको ४५ औं मिनेटमा एन्टोनिओ गि्रजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा नै ४-० को अग्रता दिलाए । पहिलो हाफमा ४-० ले पछि परेको आइसल्याण्डले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्यो । पहिलो हाफमा चार गोल गरेको आयोजक राष्ट्र फ्रान्सलाई रोक्दै उसले एक गोल गर्न दिएर आफूल्र दुई गोल गर्यो । खेलको ५६ औं मिनेटमा आइसल्याण्डका बोल्बियन सिगथोर्सनले गोल गर्दै टोलीको खाता खोले ।

पहिलो गोल गरेको खुसि मनाउन नपाउदै आइसल्याण्डले अर्को गोल खायो । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा फ्रान्सका जिरउडले खेलको ६१ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ५-१ मा पुर्याए । खेलको ८४ औं मिनेटमा बिर्किर बिआर्नेसनले गोल गरेपनि आइसल्याण्डको हार टार्न सकेनन् । अब फाइनल प्रवेशको लागि आयोजक राष्ट्र फ्रान्सले विश्व विजेता राष्ट्र जर्मनीसंग खेल्नेछ । आइतबार बिहान भएको खेलमा जर्मनीले इटालीलाई सडन डेथमा ६-५ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

FRANCE-ICELAND

यो खेलसंगै सेमिफाइनल समीकरण पूरा भएको छ । युरोकप २०१६ को सेमिफाइनलमा पोर्चगल,वेल्स, जर्मनी र फ्रान्स पुगेका छन्।  अब पहिलो सेमिफाइनलमा वेल्स र पोर्चुगल भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा विश्व विजेता राष्ट्र जर्मनी र आयोजक राष्ट्र फ्रान्स आमने- सामने हुनेछन् ।

यद्यपि अन्तिम खेलमा उल्लेखनिय प्रदर्शन गर्न नसकेपनि युरो कपमा आइसल्याण्ड उसले जीवनरभरका लागि अविश्मरणीय क्षणको संगालो र हजारौं समर्थक बटुलेर घर फर्किएको छ । जारी युरो कपमा उसले दावेदार राष्ट्रहरुलाई मात खुवाएको थियो । उसले समूह चरणको खेलमा पोर्चुगलसंग १-१ को बराबरी खेलेको थियो भने परी क्वाटरफाइनल खेलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

भिडियो –

यो पनि हेर्नुस – सडन डेथमा इटालीलाई हराउदै जर्मनी युरो कपको सेमिफाइनलमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK