फ्रान्स, जर्मनी र बेल्जियम युरो कपको अन्तिम आठमा (भिडियो सहित)

ENGLISH

SPORTS

फ्रान्स, जर्मनी र बेल्जियम युरो कपको अन्तिम आठमा (भिडियो सहित)

27 June, 2016 | Sandeep Bhattarai | 2425 Views | comments

फ्रान्स, जर्मनी र बेल्जियम युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको पहिको खेलमा आयोजक राष्ट फ्रान्सले आयरल्याण्डलाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

France's Antoine Griezmann celebrates after scoring his side's first goal, during the Euro 2016 round of 16 soccer match between France and Ireland, at the Grand Stade in Decines-­Charpieu, near Lyon, France, Sunday, June 26, 2016. (AP Photo/Laurent Cipriani)

 

एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आयरल्याण्डलाई पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै आयरल्याण्डले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई रोबी ब्राडीले जाली चुमाएपछि खेलमा आयरल्याण्डले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेपनि फ्रान्सले उत्कृष्ट फुटबल खेल्दै दोस्रो हाफमा पुनरागमन गर्यो । उसले चार मिनेटको अन्तरालमा दुई गोल गर्यो ।

फ्रान्सका लागि खेलको ५८औं र ६१औं मिनेटमा एन्टोइन ग्रिज्म्यानले गोल गर्दै टोलीलाई क्वाटरफाइनलमा पुर्याए । फ्रान्सले अब इंगल्याण्ड र आइसल्याण्डको विजेता संग क्वार्टरफाइनल खेल खेल्नेछ ।

त्यस्तै हिजै भएको अर्को खेलमा विश्व विजेता राष्ट्र जर्मनीले स्लोभाकियालाई ३-० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको आठौं मिनेटमा जेरोमी बोएटिङको गोलबाट जर्मनीले खेलमा अग्रता लिएको थियो ।

टोलनी क्रुको कर्नरमा विपक्षी खेलाडीले हेड गरेको बललाइ पेनाल्टी बक्स बाहिर रहेका बोएटिङले वान टचमा गोल गरेका थिए । त्यस्तै खेलको ४३ औं मिनेटमा भेट्रान स्ट्राइकर मारियो गोमेजले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० ले पछि परेपछि दबाबमा देखिएको स्लोभाकियाले दोस्रो हाफमा थप एक गोल खायो । ६३ औं मिनेटमा ड्रयाक्सलरले गोल गरेपछि जर्मनीको जित सहज बनेको थियो ।

APTOPIX Soccer Euro 2016 Germany Slovakia

क्रुसको कर्नरलाई म्याट हुमेल्सले हेडमार्फत मिलाइदिएपछि ड्रयाक्सलर पोस्ट नजिकबाट भलिमा गोल गरेका थिए । यद्यपि जर्मनीले खेलको १४ औं मिनेटमा पेनाल्टी मिस गरेको थियो ।

यसैगरी सोमबार बिहान भएको खेलमा हंगेरीलाई ४-० ले पराजित गर्दै बेल्जियम युरो कपको अन्तिम आठमा पुगेको छ । एकपक्षिय खेलमा बेल्जियमले खेलको १०औँ मिनटमानै डिफेन्डर एल्डर्वेर्ल्डको गोल मार्फत आग्रता लिएको थियो ।

bel1

त्यस्तै खेलको ७८ औं मिनेटमा मिची बाट्सुयीले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेको बेल्जियमले तेस्रो गोल हाजार्डले ८०औँ मिनेटमा गोल गर्दै अग्रता ३-० मा पुर्याए । र, खेलको अन्त्यतिर यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४-० को जित दिलाए । अब क्वाटरफाइनलमा बेल्जियमले वेल्सको सामना गर्नेछ ।

फ्रान्स र आयरल्याण्डको खेल –

जर्मनी र स्लोभाकियाको खेल –

बेल्जियम र हंगेरीको खेल –

यो पनि हेर्नुस – पोल्याण्ड, वेल्स र पोर्चुगल युरो कपको अन्तिम आठमा (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK