फ्रान्स अन्तिम १६ मा पुग्दा , रोमानिया र स्विट्जरल्याण्डले बराबरी खेले

ENGLISH

SPORTS

फ्रान्स अन्तिम १६ मा पुग्दा , रोमानिया र स्विट्जरल्याण्डले बराबरी खेले

16 June, 2016 | Sandeep Bhattarai | 705 Views | comments

युरो कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा आयोजक राष्ट्र फ्रान्स दोस्रो जित दर्ता गर्दा रोमानिया र स्विट्जरल्याण्डले भने अंक बाँडेका छन् । हिजो भएको पहिलो खेलमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ को बराबरी खेलेका छन् ।

ro1

सुरुवाती अग्रता जोगाउन नसक्दा रोमानिया अंक बाड्न विवश भयो । खेलको १८ औँ मिनेटमा रोमानियाका बोगडन स्टान्चुको पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेपछि दवाबमा देखिएको स्विट्जरल्याण्डले खेलको ५७ औँ मिनेटमा अहमद मेहमेदीले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा अत्याधिक समय स्विट्जरल्याण्डले बल आफ्नो नियन्त्रण राखे पनि गोल गर्न नसक्दा स्पष्ट तीन अंक प्राप्त गर्न असफल रह्यो । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै टोलीले १-१ को बराबरी खेले ।

त्यस्तै बिहिबार बिहान भएको खेलमा आयोजक राष्ट्र फ्रान्सले दोस्रो जित दर्ता गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । आज भएको खेलमा अल्बानियालाई २-० ले हराउदै फ्रान्सको अन्तिम १६को स्थान पक्का भएको छ । खेलको ८९ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि थपिएको इन्ज्युरी समयको अन्तिमतिर दिमित्री पयेटले दोस्रो गोल गर्दै स्पष्ट तीन अंक दिलाए ।

fr1

लगातार दोस्रो जित हात पारेको आयोजक राष्ट्र फ्रान्सले पहिलो खेलमा रोमानियालाई पनि २–० ले नै पराजित गरेको थियो। समूह ‘ए’ बाट अन्तिम १६ मा प्रवेश गरेको फ्रान्स २ खेलबाट ६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको स्विट्जरल्याण्डको ४ अंक छ भने रोमानियको १ तथा अल्बानिया अंकबिहीन छ।

fr2

रोमानियाले युरो कप २०१६ मा पहिलो अंक प्राप्त गरेको छ भने स्विट्जरल्याण्ड नकआउट चरण नजिक पुगेको छ ।

रोमानिया र स्विट्जरल्याण्डको खेल –

फ्रान्स र अल्बानियाको खेल –

यो पनि हेर्नुस – स्वीडेन र आयरल्याण्डले बराबरी खेल्दा युरो कपमा स्पेन र इटालीले जित निकाले (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK