फ्रान्समा एक नेपाली युवाको मृत्यु

ENGLISH

NRN GLOBAL

फ्रान्समा एक नेपाली युवाको मृत्यु

25 November, 2017 | Sandeep Bhattarai | 930 Views | comments

नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ । झण्डै १० वर्षदेखि फ्रान्समा रहँदै आएका काठमाडौं ललितपुरका प्रदीप राना मगरको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

विगत केही सयमदेखि अस्पतालमा उपचार गराइरहेका रानाको शुक्रबार मृत्यु भएको बताइएको छ ।रानाको अन्त्येष्टि विषयमा पेरिसमा रहेका संघ संस्थाहरुबीच छलफल भएको फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलले जनाएकी छन् । उनका अनुसार रानाको परिवारले उनको शव नेपाल पठाइदिन गरेको आग्रह बमोजिम तयारी गरिएको छ । त्यसका लागि पेरिसस्थित फ्रान्सेली सामाजिक सेवाको एक कार्यालय (असिस्टेन सोसियल) सँग पनि सम्पर्क भएको पौडेलले जनाएकी छन् ।

पौडेलले सामाजिक संजालमा राखेको भनाइ जस्ताको तस्तै

‘पेरिसमा निधन हुनुभएका प्रदिप राना मगरको अन्त्येष्टिको बिषयमा पेरिसमा नेपाली सँस्थाहरुको साझा मिटिंग थियो । ( परिवारले उहाँको शब नेपाल पठाईदिन माग गर्नुभएबमोजिम यहाँ तयारी भैरहेको छ । यसकालागि पेरिस स्थित फ्रान्सेली सामाजिक सेवाको एक कार्यालय (असिस्टेन्ट सोसियल) सँग सम्पर्क भईरहेको पनि छ भने जे जति सँघ सँस्थाहरु छन् उहाँहरु मार्फत पनि सकेको सहयोग जुटाउने निधो भएको छ ।

( असिस्टेन्ट सोसल मार्फत सहयोग जुटेमा नेपाली सँघसँस्थाको व्ययभार अलि कम हुनेछ ।) आजको मिटिँगमा पनि केहि रकम सँकलन भएको छ । तर यसको मतलब पुग्ने पैसा जुटिसकेको होईन । त्यसैले कसैलाई आर्थिक मद्दत गर्न मन भएमा कृपया पेरिस स्थित कुनैपनि नेपाली सँस्थाका अध्यक्षहरुलाई सम्पर्क गरि चाहेको रकम दिन सक्नुहुनेछ । बाँकी डिटेल एनआरएनए फ्रान्सको फेसबुक पेज हेर्न सक्नुहुनेछ । अघिल्लो पेजमा मैले रानामगरले ज्याला नपाएको कुरा लेखेकी थिएँ । जसले पैसा दिनुपर्ने हो उहाँले १५८० युरो नेपाली सँस्था फ्रान्को नेपाल पाकोफेनको अध्यक्ष मार्फत परिवारलाई दिने बताउनुभएको छ ।’

संसार न्युज

मलेसियामा एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK