फ्रान्सको ‘४६औं अन्तराष्ट्रिय सांस्कृतिक मेला’मा नेपाली कलाको प्रदर्शन

ENGLISH

NRN GLOBAL

फ्रान्सको ‘४६औं अन्तराष्ट्रिय सांस्कृतिक मेला’मा नेपाली कलाको प्रदर्शन

12 August, 2018 | Sandeep Bhattarai | 3630 Views | comments

सांस्कृतिक मेला

युरोपको विभिन्न देश तथा शहरमा आयोजना भइरहेको ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’मा नेपालले पनि सहभागीता जनाएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली फ्रान्स पुगेको हो ।

‘नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । विश्वब्यापी कार्यक्रम अन्तर्गत यूरोप पुगेको यो टोलीले फ्रान्स पछि टर्की, बेल्जियम लगायतका देशको बिभिन्न शहरमा कार्यक्रम गर्नेछ ।

लोप हुन लागेका कला, संस्कृति, भेषभुषा, परम्परा, लोक गीत, लोक बाजा आदिको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम लिएर कलाकार सहित युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठान’का अध्यक्ष जोगेन्द्र केसीले बताए । विश्वका २२ देशका कलाकार सहभागी यो फेष्टिभल फ्रान्स, बेल्जियम, टर्किका बिभिन्न शहरमा आयोजना हुनेछ ।

नेपालबाट सहभागी कलाकार टोलीका संयोजक जोगेन्द्र केसी, कार्यक्रमको सल्हाकार संगीतकार सुरेश अधिकारी, कार्यक्रमका प्रमुख गायक शिवराज पौडेल रहेका छन् ।अन्य कलाकार नृत्य निर्देशक भूवनदास श्रेष्ठ, निरिपध्वज खत्री, सारदश्वती शर्मा, नृत्य निर्देशक छेडुप लामा, गायक तथा मोडल पिएन सापकोटा, मोडल पूर्णिमा श्रेष्ठ, माधव प्रसाद त्रिपाठी, ‘लेट मी डान्स् सिजन–२’की विजेता खिमा काउचा मगर, न्हुछेराजा मुनिकार, दिपक श्रेष्ठ, सिर्जना आले मगर, सुनिता परियार, सन्तोष कुमार कार्की, दावा स्याङ्वो लामा तामाङ, धावा वाङ्देल, शर्मिला तामाङ, गोमा सुवेदी रहेका छन् ।

कार्यक्रममा पूर्वको हापारे, अरुण उपत्यकाको गीत संगीत, मध्यमाञ्चलको घासे भाका, नेवारी, काठे भाका, पश्चिमाञ्चलको सालैजो, कौरा, मध्यपश्चिमाञ्चलको टप्पा, ठाडो भाका, मारुनी, सुदुर पश्चिमाञ्चलको देउडा, ठाडी भाकाको साथमा थारु, धिमे, लाखे, सेलो, कुमारी, मन्जु श्री, झाँक्रीलगायतका गीत तथा नृत्य प्रस्तुत गरिने कार्यक्रमका संयोजक केसीले जानकारी दिए ।

सांस्कृतिक मेला

‘नेपाली कला संस्कृती प्रदर्शन गरेर युरोपेलीको मन जित्ने उद्देश्य हो ’ केसीले भने ‘आगामी दिनमा अन्य देशमा पनि कार्यक्रम लिएर जाने संस्थाको योजना रहेको छ ।’

नेदरल्यान्ड्सका नेपालीले अन्तर्राष्ट्रिय मेला नेपालमय बनाए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK