फ्यानहरुको निरन्तर आग्रह पछि मेसीको सन्यास फिर्ता

ENGLISH

SPORTS

फ्यानहरुको निरन्तर आग्रह पछि मेसीको सन्यास फिर्ता

आगामी नोभेम्बरमा सन्यास फिर्ता लिदै टिममा आउने

4 July, 2016 | arjun baral | 2135 Views | comments

messi

अर्जेन्टिनाका स्टार तथा कप्तान लियोनल मेस्सीले कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पराजित भएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर पछिल्लो समय फ्यानहरुको निरन्तर आग्रह र दबाबका बिच मेसीले सन्यास फिर्ता लिने भएका छन् ।

अर्जेन्टिनाको पत्रिका ‘ला नेसियन को अनलाइन सस्करणका अनुसार मेस्सीले आगामी नोभेम्बरमा सन्यास फिर्ता लिदै टिममा आउने समाचार प्रकाशित गरेको छ । पत्रिकाले २९ वर्षीय मेस्सिका नजिक रहेका साथी तथा आफन्तहरुसँगको कुराकानीलाई आधार मान्दै मेस्सी नोभेम्बरदेखि टोलीमा फर्कने दाबी गरेको छ । पत्रिकाले उक्त कुराकानीमा मेस्सीले सन्यास फिर्ता लिने सोच लिइसकेको बताइएको छ ।

पत्रिकाले समाचारमा मेसीका नजिक रहेका केही व्यक्तिहरूको भनाइ समेत प्रकाशित गरेको छ । समाचार अनुसार मेस्सीले रसियामा हुने विश्वकप फुटबलका लागि छनोट चरणका खेलहरूमा खेल्ने सम्भावना बढेको जनाएको छ ।

गत हप्ता अमेरिकामा भएको कोपा अमेरिकाको उपाधि भिडन्तको पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । उक्त पेनाल्टी सुटआउटमा मेस्सी गोल गर्नबाट चुकेका थिए ।

तर, मेस्सीको सन्यासँगै अर्जेन्टिनाका राष्ट्रपति, लिजेण्ड डिएगो म्याराडोना तथा समर्थकहरुले मेस्सीलाई सन्यास फिर्ता लिन आग्रह गर्दै आएका छन् । त्यस्तै मेस्सीको सन्यास फिर्ता गराउन अजेन्टिनामा हस्ताक्षर संकलन तथा र्यालीहरु भैरहेको छ ।

मेसीलाई सन्यास फिर्ता लिई खेल जीवनमा फर्कन आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK