फोहोरबाट बायोग्यास उत्पादन गर्दै महानगर

ENGLISH

BUSINESS

फोहोरबाट बायोग्यास उत्पादन गर्दै महानगर

1 July, 2016 | Krishna Adhikari | 1540 Views | comments

for

फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारी भइरहेको छ। यसका लागि अहिले भारतबाट मेसिन ल्याउने काम भइरहेको छ। बायोग्यास उत्पादनका सबै मेसिन भारतबाट ल्याउनु पर्ने काठमाडौँ महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रबिनमान श्रेष्ठले बताउनुभयो ।

मेसिन ल्याउने काम सुरु भएको छ, मेसिन दश दिनमा आइपुग्ने अनुमान गरिएको छ। मेसिन ल्याएपछि फिटिङ गर्न अर्को १५ दिनको समय लाग्छ त्यसपछि काम सुरु हुन्छ। ढिलो हुँदा पनि साउनको अन्तिम साताबाट बायोग्यास निकाल्ने काम सुरु हुन्छ।

प्रमुख श्रेष्ठले कामपाको वडा नं २१, १२, १९ र २० मा संकलन गरी छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीनसय टन फोहर प्रयोग गरी  बायोग्यास निकाल्ने तयारी महानगरको रहेको जानकारी दिए।

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ। यो पहिलो नमुना परियोजना हो। यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ।

फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको हो। दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ ।

कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ। दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ। रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK