“फोरजी”मय बन्दै मोबाइल एक्स्पो

ENGLISH

TECH

“फोरजी”मय बन्दै मोबाइल एक्स्पो

30 January, 2017 | Sandeep Bhattarai | 1220 Views | comments

मोबाइल एक्स्पो

ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ मा ग्राहकहरुको अत्यधिक भिड देखिएको छ ।

नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको रुची देखिएको छ जसले कम्प्लेक्समा ग्राहकहरुको चहलपहल देखिएको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गरिरहेको छ ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोमा कम्प्लेक्सले फोरजी प्रबिधिलाई बढावा दिँदै फोरजी स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गर्ने भएको छ । गत महिनादेखि पोष्टपेड मोबाइलमा शुरु भएको र यहि माघ २२ देखि प्रिपेड मोबाइलमा पनि संचालन हुन लागेको फोरजी प्रविधिका विभिन्न फोनहरु एक्स्पोमा राखिएको छ ।

पछिल्लो प्रविधि फोरजी नेपालमा भित्रिएको हुँदा ग्राहकहरुलाई फोरजी प्रविधिसहितको स्मार्टफोन खरिद गर्न उत्साहित गर्नेगरि सोमबारदेखि फोरजीमय एक्स्पोको घोषणा गरिएको हो । सोमबारदेखि महोत्सवमा विभिन्न ब्राण्डका फोरजीयुक्त फोनहरु ग्राहकहरुलाई सूपथ मुल्यमा छुटसहित बिक्री गरिनेछ ।

मोबाइल एक्सपोमा अहिलेका चर्चित स्मार्टफोनहरुमध्येको एक ह्वावे जीआर५ २०१७ मा फोरजी चलाउन सकिन्छ, यो हाल बजारमा आएको सबैभन्दा पछिल्लो चर्चित स्मार्टफोन हो, जसमा २ वटा रियर क्यामरा राखिएको छ । यो मिडरेन्जमा दुईवटा मुख्य क्यामरासहित आएको पहिलो स्मार्टफोन हो ।

यसैगरी सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, जिओनीको एस सिक्स एस, जोप्पोको कलर एफ ५ तथा लिएगो ब्राण्डको एमएस प्लस एलटिई स्मार्टफोनहरु खरिद गर्न सकिनेछ । यी बाहेक अन्य ब्राण्डका स्मार्टफोनहरु एचटिसीको डिजायर सिरिज, जेडटिईको ब्लेड सेभेन, माइक्रोम्याक्सको क्यानभास सिक्स, ओप्पोको एफ वान एस, लाभाका बिभिन्न मोडलहरु तथा वान प्लस थ्री स्मार्टफोनमा पनि फोरजी प्रयोग गर्न सकिन्छ । यी सबै ब्राण्ड तथा मोडलका फोनहरु मोबाइल महोत्सवमा किन्न सकिन्छ ।

कम्पनीले मोबाइल मेलाको अवधिभर फोरजी सहितका स्मार्टफोनको खरिदमा भारी छुटका साथै विभिन्न उपहारहरु पनि प्रदान गर्नेछ ।
ग्राहकहरुले विशेषगरेर फोरजी फोनको बारेमा अधिक सोधपुछ गरेको कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘अहिले चीनियाँ ब्राण्डका फोनहरु किन्न आउने ग्राहकहरुको संख्या बढेको छ,’ उनले भने, ‘चाइनिज फोनहरु पनि अन्तराष्ट्रिय गुणस्तरका हुँदा ग्राहकहरु चाइनिज फोनमा आकर्षित भएका हुन् ।’

कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल महोत्सवमा ग्राहकहरुलाई आकर्षित गर्न कम्पनीले सोमबारदेखि थप छुट दिने छ । नियमितरुपमा कम्प्लेक्समा मोबाइल तथा एसेसरिज खरिद गर्ने ग्राहकहरुलाई विशेष सम्मानसाथ मोबाइल खरिदमा थप छुटको घोषणा गरिएको हो ।

मोबाइल एक्स्पो २०१६ शुक्रबार बाट सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK