फोक्लोर महोत्सबमा पहिलो पटक नेपाली (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

फोक्लोर महोत्सबमा पहिलो पटक नेपाली (भिडियो सहित)

27 September, 2016 | Sandeep Bhattarai | 940 Views | comments

फोक्लोर महोत्सब

नानु माया /साइप्रस/युरोप –नेपालीको पहिलो पटक सहभागिता रहेको फोक्लोर महोत्सब भब्यरुपमा सम्पन्न भएको छ ।गत सेप्टेम्बर २५ मा निकोसियामा सम्पन्न पाँचौं फोक्लोर महोत्सबलाई लाकातामिया नगरपालिका निकोसियाले आयोजना गरेको हो ।

साइप्रसमा कार्यरत आप्रावशी समुदायबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यका साथ आयोजना भएको महोत्सबमा पहिलो पटक सहभागिता जनाएको हो । नेपाल सहित विभिन्न ८ देश भारत, भियतनाम, चीन, श्रीलंका, फिलिपिन्स साउथ कोरिया, साइप्रसले आफ्नो देश झल्कने झाकी प्रस्तुत गरे ।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै गुरुङ भेसभुसामा सजिएर नृत्य प्रस्तुत गर्दा साइप्रसका स्थानीय सिप्रेट लगायत दर्सकले निकै मन पराए , सुजा गुरुङ , पवित्रा गुरुङ, रियांसी शेर्पा , नमडोल केसंग ले ” यो माया ले पार्यो रुनलाई ” बोलको सालैजो गीतमा सामुहिक नृत्य प्रस्तुत गरे भने नामडोल केसांगले पानी मिठो मेरो हजुर इलाम बजारको बोलको गीतमा एकल नृत्य प्रस्तुत गरिन ।

नेपालको प्राकृतिक सुन्दरता , संस्कृति बारे जानकारी दिंदै सगरमाथाको देश नेपाल घुम्न आउन युवराज गुरुङले स्टेजबाट निमन्त्रणा दिए । समयमा सूचना प्राप्त नहुँदा निकै छोटो समयमा तयारीमा गरि सहभागिता जनाउनु परेकोमा संयोजक बिमल रानाभाटले दुख व्यक्त गरे । नेपाली समुदायलाई हरेक वर्ष निमन्त्रणा पठाउने गरिएको भए पनि सम्बन्धित संघसस्थाले बेवास्था गर्दा गत ४ वर्ष नेपालले सहभागिता जनाउन सकेको गुनासो गर्दै आगामी वर्षको महोत्सब को लागि समयमै तयारि गरि भब्य प्रस्तुति र झाकी प्रदर्शन गर्ने राजकुमार रानाभाट ले बताए ।

नेपाली मौलिक संस्कृतिलाई प्रवर्दन गरेकोमा सम्मान गर्दै लाकातामिया नगरपालिकाले प्रमाण पत्र प्रदान गरेको थियो ।

भिडियो –

अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपाल प्रवर्धन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK