फेसबुक र ट्विटरमा फोटो राख्दैमा मोडल बनिदैन्

ENGLISH

ENTERTAINMENT

फेसबुक र ट्विटरमा फोटो राख्दैमा मोडल बनिदैन्

सयौंले आफ्नो अस्मिता लुटाईरहेका छन्, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर

5 July, 2016 | arjun baral | 990 Views | comments

disco

सयौंले आफ्नो अस्मिता लुटाईरहेका छन्, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर l शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोरा छोरिको भबिष्य त अन्धाकारमा धकेलेको त छैन?

सुर्य चन्द, काठमाडौँ : स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जीवन स्वतन्त्रसंग जिउने अधिकार पनि छ र स्वतन्त्रसंग जिउन पाउनु पनि पर्छ l प्रसङ्ग शहरी रात्री जीवनको जहाँ दैनिक सयौं युवा युवतीले आफ्नो भबिष्यलाई अध्यारो तर्फ धकेली रहेका छन् l

सयौंले आफ्नो अस्मिता लुटाईरहेका छन्, क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर l शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोरा छोरिको भबिष्य त अन्धाकारमा धकेलेको त छैन? बार डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरी छ यो बिषयमा सरोकारवालाहरुले सोच्न जरुरत पनि छ l तर हाम्रो देशमा त चौध बर्षको किशोर किशोरीहरु पनि बारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौवन देखाई रहेका छन् l

बार डिस्कोमा खिचेर फेसबुकको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन अहिलेको युवा पुस्ता जसरी पनि एक चोटी बार डिस्को गएर त्यहाको फोटोग्राफरबाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन जसले गर्दा कतै हाम्रो युवा पुस्ता गलत संगत र गलत बाटोमा हिडेको त छैन भन्ने प्रश्न आउछ l हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ l

हिजो त्यो गएर बारमा मदिरा खादै फोटो खिच्छ भने आज म किन नजाने म पनि जान्छु भन्ने प्रवृति छ l सेलिब्रेटीदेखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमा गएर फोटो खिचेर सामाजिक संजाल(फेसबुक, ट्विटर)मा राख्ने ट्रेन्ड नै चलेको छ l बार डिस्कोमा आउने ग्राहकहरुको लागि भनेर बार डिस्को संचालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमा राखिदिने गर्दछन जसले गर्दा युवा युवतीहरु एक अर्कालाई देखाउनको लागि मात्र भए पनि बारमा जाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन l

अहिले शहरमा कोहि देखासेखीको लागि त कोहि आफ्नो मनोरंजनको लागि दैनिक सयौं युवा युवतीहरु रात्री जीवनभर डिस्कोमा जाने गर्छन र बार डिस्कोमा जाने होडबाजीनै चलेको छ l सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नया होइन तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवतीहरु गलत संगत र ट्रेन्डमा फस्दै गएका छन l भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढी भइसकेका सम्म अहिले रात्री जीवनको बार डिस्कोमा गएर मदिरा पिउदै र धुम्रपान गर्दै फोटो खिच्न लालाइत देखिन्छन र आफु हिजो रति यो ठाउमा थिए भनेर देखाउन अनि बारको लोगो सहितको फोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन l

जसले गर्दा सामान्य घर परिवारका युवा युवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटो खिच्ने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ l यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहिँ कतै जानु हुन्न भनेको होइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भएनि गलत काम गर्न गलत संगतमा फस्दै गएका छन् l आफूलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवा पुस्ता जस्तो सुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ l यसका लागि  अविभावक  बेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरीहरु कुन बाटोमा हिड्दैछन बेलुका कहा जादैछन के गर्दैछन भनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस l

शाहरुखको छोरीको विकिनी फोटो सामाजिक सञ्जाल भाइरल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK