फेसबुकले धनी वा गरिब पत्ता लगाउन सक्ने

ENGLISH

TECH

फेसबुकले धनी वा गरिब पत्ता लगाउन सक्ने

4 February, 2018 | Kunjar Bhattarai | 2755 Views | comments

 

विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मानिसको आर्थिक अवस्था पत्ता लगाउने प्रयासको थालनी गरेको छ । फेसबुकले स्वचालित रूपमा नै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता गरेको छ ।

यो प्रविधिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मध्यम वर्ग वा उपल्लो वर्ग भनेरसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दूस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।

सामाजिक सञ्जालको बादशाह फेसबुकले दर्ता गरेको प्याटेन्टअनुसार, उसले फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक स्तर पत्ता लगाउनका लागि प्रयोगकर्ताका व्यक्तिगत विवरण जस्तै शिक्षा, घर भए वा नभएको र इन्टरनेट प्रयोग जस्ता तथ्यांक संकलन गर्ने प्रविधिको विकास गर्न चाहेको शनिबार डेलीमेलले जनाएको छ । फेसबुकले यस्तो प्याटेन्ट शुक्रबार सार्वजनिक गरेको डेलीमेलले उद्धृत गरेको छ । उसले सार्वजनिक गरेको प्याटेन्टमा फेसबुक प्रयोगकर्तासमक्ष उचित विज्ञापन मात्रै पुगोस् भनेर लक्षित वर्गसम्म पुग्नका लागि एल्गोरिद्म नामक एउटा गणितीय प्रणालीको पनि विकास गरिनेछ।

अब फेसबुक प्रयोगकर्ताका सामाजिक आर्थिक स्तर पूर्वानुमान गरेर प्रायोजन गरिएको विज्ञापन लक्षित तेस्रो पक्षसम्म पु¥याउन विज्ञापनदातालाई सजिलो हुने छ,’ प्याटेन्टमा जनाइएको छ ।

‘यो प्रणालीको विकासले तेस्रो पक्षले प्रभावकारी ढंगले आफ्ना सामान र सेवाको विज्ञापन गर्न सक्छन् र अनलाइन प्रणालीले अनुभवी प्रयोगकर्तामाझ पुग्न सजिलो हुन्छ,’ शुक्रबार फेसबुकले जारी गरेको प्याटेन्टमा जनाइएको छ । फेसबुकले आफ्ना प्रयोगकर्तालाई सुरुमा उनीहरुको उमेर सोध्ने छ र त्यसपछि सोही उमेर समूहकालाई थप उचित प्रश्नहरु सोध्ने छ।

‘प्याटेन्टमा, २० देखि ३० वर्ष उमेर समूहका मानिसलाई कतिवटा इन्टरनेट डिभाइस प्रयोग गर्नुहुन्छ भनेर सोधिने छ भने ३० देखि ४० वर्ष उमेर समूहका मानिसलाई उनीहरुको आफ्नै घर छ कि छैन भनेर सोधिने छ,’ रिपोर्टमा जनाइएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन प्याटेन्ट दर्ता गरेको बताएपनि लक्षित समूहलाई मात्रै गरिन्छ वा सबैलाई भनेर प्रष्ट नबनाएको डेलीमेलले जनाएको छ।

 

साथी र आफन्तलाइ प्राथमिकतामा राख्न फेसबुकको नयाँ अपडेट

नागरिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK