फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

ENGLISH

SPORTS

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

12 September, 2017 | Sandeep Bhattarai | 1745 Views | comments

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् ।

मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो । त्यतिबेला उनले सेमिफाइनलमा दुईवटा पेनाल्टी जोगाएका थिए भने फिलिपिन्समा भएको एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए ।

उक्त अवार्डका लागि उनीसँगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषवाकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए । गोलरक्षक लिम्बू विदेशमा रहेकाले उनकी आमाले अवार्ड ग्रहण गर्नुभएको थियो ।

त्यस्तै, वर्षका उत्कृष्ट महिला खेलाडी घोषित तामाङले पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन बन्नुका साथै अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी थिइन् ।

अवार्डका लागि उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा समेटिएका थिए ।एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ हात पारेकी छिन् । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो ।

मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले उक्त अवार्डले आफूलाई अगाडि बढ्न मद्वत गर्ने बताइन् । सोही विधामा फुटबलका सुजल श्रेष्ठ दोस्रो तथा क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे ।

जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भइन् । उनले चार प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडी घोषित भएकी हुन् । उक्त विधाको मनोनयनमा मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली थिइन् ।

मनिताले एघारौ एसियाली क्याडेट तथा १८ औँ एसियाली जुनियर जुडो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।यस्तै, एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक घोषित भए । उक्त अवार्डका लागि ओझासँगै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी, थ्रिस्टार क्लबका मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका थिए ।

त्यसैगरी, नेपालको पहिलो प्रो गल्फर घनश्याम थापाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गर्नुभयो भने पहिलो अन्तर्राष्ट्रिय पदक जितेको नेपाली राष्ट्रिय भलिबल टोलीलाई ‘टिम अफ दि इयर’को अवार्ड प्रदान गरियो ।

यसैगरी, पारा एथ्लेटतर्फको अवार्ड नेत्रहिन क्रिकेटर पदम बडेलाले प्राप्त गरे । त्यस्तै, स्पेशल अवार्डबाट बन्दी सहायता नियोग (पाम) नामक संस्थालाई सम्मान गरियो । वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले एक÷एक थान बजाज पल्सर बाइक प्राप्त गरे भने अन्य विजेताले जनही रु ५० हजार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, मञ्चका अध्यक्ष महेश आचार्यलगायतले पुरस्कार तथा अवार्ड प्रदान गनुृभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको १४औँ संस्करणको उक्त पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरूले आ–आफनो प्रस्तुति पनि प्रस्तुत गर्नुभएको थियो ।

पल्सर स्पोर्टस अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK