फिस्टेल कन्सर्ट २ को लागि नेपाली कलाकारहरु दुबईमा

ENGLISH

NRN GLOBAL

फिस्टेल कन्सर्ट २ को लागि नेपाली कलाकारहरु दुबईमा

28 September, 2015 | Bipin Acharya | 570 Views | comments

अनिता न्यौपाने, दुबई– साई इभेन्ट म्यानेजमेज्टको प्रस्तुतिमा प्रवासी नेपाली युवा संघ, अलकुज क्षेत्रीय समिति र क्रिएटिभ युथ नेपालको आयोजनामा आगामी अक्टुबर २ मा आयोजना हुन लागेको फिस्टेल कन्सर्टको दोस्रो शृंखलाको सफलताका लागि कलाकारहरु दुबई आउने क्रम सुरु भएको छ । नेपाली पपगायनमा राम्रो पकड बनाउँदै आएकी स्मृति पोखरेल जापानको कन्सर्ट सकेर सोमबार बिहान दुबई आएकी छिन् । कन्सर्टका संयोजक बिक्रान्त कार्कीले गायिका पोखरेललाई दुबई एयरपोर्टमा स्वागत गरेका छन् । अस्ट्रेलियामा रहेर पनि नेपाली पपसंगीतको क्षेत्रमा क्रियाशील गायिका पोखरेलले दुबईका नेपाली दर्शकहरुलाई आफ्ना चर्चित गीतहरु गाएर भरपूर मनोरन्जन दिने बताएकी छिन् |

fishtel

कन्सर्टको मुख्य आकर्षक ग्लामरस तथा कन्ट्रोर्भियल क्वीन लोक गायिका ज्योति मगर सहित अन्य कलाकारहरु अक्टोबर १ मा दुबई आइपुग्ने कार्कीले जानकारी दिएका छन् । ज्योति मगरका साथ स्मृति पोखरेल, शिव परियार, बादल प्रसाई, आस्मा पाण्डे, रमेश क्षितिज, समिम एसएमएम लगायतका अन्य कलाकारहरुले आफ्ना उत्कृष्ट प्रस्तुतिहरुले दुबईका नेपालीहरुमाझ धमाका गर्ने जानकारी दिएका छन् । कार्यक्रमका लागि प्रिन्ट भएका टिकटहरु सबै बजारमा गइसकेको र कन्सर्टको तयारी पूरा भएको कन्सर्टका संयोजक कार्कीले बताएका छन् । आगामी अक्टुबर २ को साँझ देराको एसियाना होटलको नाइट क्लबमा आयोजना हुने कार्यक्रममा सहभागी हुन दर्शकहरुलाई आयोजकहरुले आग्रह गरेका छन् ।

कन्सर्टको आन्तरिक तथा प्रशासनिक तयारी र प्रचारप्रसार युद्धस्तरमा भइरहेको संयोजक मध्येका एक समिम खानले बताएका छन् । पछिल्लो समय ढाडे बिरालो…बोलको गीतमा मोडलिङ गरी विवादमा तानिएकी ग्ल्यामरस लोकगागिका ज्योतिका साथमा गायक शिव परियार आउने समाचारले दुबईका नेपालीहरु उत्साहित भएका छन् । ज्योति मगर र शिव परियारलाई उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने कार्कीले बताए । देराको पाँच तारे एसियाना होटल साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारलाई भेला पार्न कस्सिएका विक्रान्त कार्कीका साथमा यसपटक समिम खान र सकिल अलीले कन्सर्टको संयोजन गरिरहेका छन् ।

पहिलोपटक दुबईको मञ्चमा उतार्न कम्मर कसेर लागेका कार्यक्रमका संयोजक बिक्रान्त कार्कीले यसपालिको कन्सर्ट ऐतिहासिक हुने दाबी गरेका छन् । यसअघि ज्योति यूएईका एलऐन सहरमा आएर बबाल प्रस्तुति दिइसके पनि दुबईका नेपाली दर्शकहरुका लागि ज्योति र शिव पहिलोपटक पाइला टेकाउन आफू सफल भएको कार्कीले बताएका छन् । आफ्नो पहिरन तथा फरक प्रस्तुतिका कारण धेरै विबादमा परे पनि लाखौं युवाहरुको रोजाइमा पर्न सफल ज्योतिको उत्तेजक पहिरन र प्रस्तुति सीमित नेपालीहरुले मात्र हेर्न पाउने भएका छन् । एसियाना होटलको नाइट क्लबमा ५ सय क्षमताको हल भएका कारण धेरै नेपाली दर्शकहरु निराश बन्ने खबरले आयोजकहरु चिन्तित भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK