फिस्टेल कन्सर्टको लागि गायक शिव परिवार र ज्योति मगर दुबई जाने

ENGLISH

NRN GLOBAL

फिस्टेल कन्सर्टको लागि गायक शिव परिवार र ज्योति मगर दुबई जाने

12 September, 2015 | Sandeep Bhattarai | 845 Views | comments

fistelराम ढुंगेल, दुबई–फिस्टेल कन्सर्टको दोस्रो शृंखलामा पछिल्लो समय ढाडे बिरालो…बोलको गीतमा मोडलिङ गरी विवादमा तानिएकी ग्ल्यामरस लोक गायिका ज्योति मगरका साथमा गायक शिव परियार आउने हल्लाले दुबईका नेपालीहरु उत्साहित भएका छन् ।

ज्योति मगर र शिव परियारलाई पहिलोपटक दुबईको मञ्चमा उतार्न कम्मर कसेर लागेका आयोजक बिक्रान्त कार्कीले यसपालिको कन्सर्ट एतिहासिक रुपमा सञ्चालन गर्ने बताएका छन् । यसअघि ज्योति यूएईका एलऐन सहरमा आएर बबाल प्रस्तुति दिइसके पनि दुबईका नेपाली दर्शकहरुका लागि ज्योति र शिव पहिलोपटक पाइला टेकाउन आफू सफल हुन लागेको आयोजक कार्कीले बताएका छन् । आफ्नो पहिरन तथा फरक प्रस्तुतिका कारण धेरै युवाहरुको रोजाइमा पर्न सफल ज्योतिले यूएईको देरामा रहेको एसियाना होटलको नाइट क्लबमा उत्तेजक पहिरनका साथ गीत गाउने र बबाल धमाका मच्चाउने अर्का आयोजक प्रवासी नेपाली ग्रुपका समिम खानले दाबी गरेका छन् ।

ज्योति मगरको साथमा नेपाली सुगम संगीतमा चर्चित गायक शिव परियारले यूएईबासी नेपालीहरुलाई मनोरन्जन दिनेछन् । त्यसरी नै अस्ट्रेलिया बाट पपगायिका स्मृति पोखरेलले आफ्ना लोकप्रिय गीतहरु यूएईबासी नेपालीहरुमाझ पस्कनेछिन् । नेपाली पपगायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई र रमेश क्षितिज पनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन् । उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने आयोृजक कार्कीले बताए ।

देराको पाँच तारे एसियाना होटल साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारलाई भेला पार्न कस्सिएका विक्रान्त कार्कीले पहिलो कन्सर्टमा भएका कमजोरीहरुलाई सुधार गरी दोस्रो शृंखलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बताउने दाबी गरेका छन् । यूएईको नेपाली समुदायमा छोटो समयमा सफल अर्गनाइजरको छवि बनाएका कार्कीले कतारमा विभिन्न सांगीतिक कार्यक्रमको सफल आयोजना तथा चलचित्र प्रदर्शनमा राम्रो अनुभव हासिल गरिसकेका छन् । ट्राभलको क्षेत्रमा लामो अनुभव संगालेका कार्की विगत ७ महिनादेखि दुबईको फिस्टेल ट्राभलमा आबद्ध छन् । यस कन्सर्टको मुख्य स्पोन्सर फिस्टेल ट्राभल नै रहेको छ ।

पछिल्लो समयमा यूएईको नेपाली समुदायमा भव्य सांगीतिक कार्यक्रमहरु हुँदै आएका छन् । तीजको अवसरमा त साप्ताहिक रुपमा नेपालका चर्चित कलाकारहरुले तात्तिदै गएको यहाँको वातावरणलाई नियमित तताइरहेका छन् । यूएईमा नेपाली सुगम संगीत, चलचित्र, लोक तथा पप संगीतको क्षेत्रका चर्चित कलाकारहरुको ओइरो लाग्न थालेको छ । फिस्टेल कन्सर्ट–२ को सफलताको अग्रिम शुभकामना । यसपालिको कन्सर्टमा प्रवासी नेपाली ग्रुप, अलकुज क्षेत्रीय समिति, क्रिएटिभ ग्रुप, नेपाल पत्रकार महासंघको सहकार्यमा गर्ने आयोजक कार्कीले बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK