फिल्म ’हैरान’ युनिट एन्टागोनिस्ट फोकसमा

ENGLISH

ENTERTAINMENT

फिल्म ’हैरान’ युनिट एन्टागोनिस्ट फोकसमा

30 November, 2017 | Sandeep Bhattarai | 695 Views | comments

हैरान

पछिल्लो समय फिल्म ऐश्वर्य मार्फत भिलेनको रुपमा प्रशान्त ताम्राकारले चर्चा पाएपछि निर्माता निर्देशक एन्टागोनिस्ट फोकसमा पनि लागेका छन ।

फिल्मको प्रोटोगोनिस्टलाई अवरोध उत्पन्न गर्ने एन्टागोनिस्ट सशक्त हुन् उत्तिकै आवश्यक छ । यसैले गर्दा पनि फिल्म ’हैरान’ युनिटले एन्टागोनिस्टलाई अगाडी ल्याएका छन् ।

करातेको समेत खेलाडी रहेका एमडी वसिम राजाले फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । फिल्मका निर्माता तथा कलाकार गजित बिष्टको समेत खेलाडी गुरु रहेका वसिमको कामको चर्चा युनिटले गर्न थालेका छन् । ’उहाँको अभिनयले हामी सबैलाई प्रभावित बनाएको छ’ गजित भन्छन’ हामी झैँ दर्शकले पनि वसिम दाईलाई रुचाउनु हुन्छ भन्नेमा ढुक्क छौ ।’ फिल्मलाई गजितकै छोरा सौगात विष्टले निर्देशन गरेका छन् ।

विश्वकै कान्छा निर्देशकसंग काम गर्दा आफुलाई पनि रमाइलो लागेको वसिम बताउछन् । ’नेपाली फिल्ममा पहिलो काम हो’ वसिम भन्छन ’यहाँ कलाकार र प्राविधिकले गर्ने मेहनतको सम्मान गर्छु ।’ उनि नेपालीमै बोल्छन । फिल्ममा गजित र वसिमसंगै सत्य राज आचार्य , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी लगायतको अभिनय रहेको छ । डबिङको अन्तिम चरणमा रहेको फिल्मलाई आउदो बैशाखमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ ।

वसिम राजा – नेपाली फिल्ममा काम गर्दा रमाइलो अनुभव भयो । केहि साउथको फिल्ममा काम गरेको अनुभव थियो मलाइ र डबिङ पनि आफैले नेपाली मै गरेको छु । मैले पाएको भूमिकालाई न्याय गर्ने प्रयास गरेको छु , कामको मुल्यांकन त आउदा दिनले गर्नेछ । फिल्ममा नेगेटिभ क्यारेक्टरको रुपमा देखिनेछु ।

गजित बिष्ट – हामी डबिङको अन्तिम चरणमा छौ । फिल्मलाई राम्रो बनाउने कोशिस अनुसार नै हामीले फिल्मलाई समय लगाएका हौ । र वसिम जो मेरो करातेको पनि गुरु हुनुहुन्छ , उहाँको काम मलाइ मात्र हैन टिमलाई नै मन परेको छ । उहाको अभिनय उत्कृष्ट छ । नेपाली नभईकन पनि नेपाली राम्रो संग बोल्नु हुन्छ , उहा । हामी फिल्मको रिलिज नयाँ वर्षको आसपासमा गर्ने सोचमा छौ ।

चलचित्र ’ऐश्वर्य’को सुरुवाती व्यापार आक्रामक: तीन दिनमै २ करोड बढी ग्रस कलेक्सन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK