फिल्म बिहिन भए ऋतिक !

ENGLISH

ENTERTAINMENT

फिल्म बिहिन भए ऋतिक !

4 May, 2017 | Bhawana Pathak | 525 Views | comments

अभिनेता ऋतिक रोशनले यशराज ब्यानरको ‘ठग्स अफ हिन्दुस्तान’ रिजेक्ट गरेका थिए । यस सिनेमामा पारिश्रमिक र नाफाको कुरा नमिलेर उनले काम नगर्ने निर्णय लिएका थिए । जानकारी अनुसार उनले सलमान खानको कन्ट्रयाक्टमा भए जस्तै शर्त राखेका थिए जसमा सिनेमाको नाफाको केही प्रतिशत उनलाई पनि दिनु पर्ने हुन्छ ।

ऋतिकले छाडेपछि यस सिनेमामा आमिर खानले काम गर्दैछन् । यसमा अमिताभ बच्चन पनि हुनेछन् । यदि ऋतिकले यो सिनेमा नछाडेको भए यतिबेला उनी यसैमा काम गरिरहेका हुन्थे । तर उनी यतिबेला काम बिहिन छन् ।

त्यस्तै कबिर खानको सिनेमा पनि ऋतिकले काम नगर्ने निर्णय लिए । कबिर र ऋतिकको बीचमा सिनेमाको विषयमा सहमती हुन नसकेपछि काम अघि बढेन र कबिर पनि सलमानसँग ट्युबलाईटको काममा व्यस्त रहे । अब यो वर्षको ईदसम्म उनी कुनै पनि प्रोजेक्टमा काम नगर्ने सुरमा छन् ।

त्यस्तै ऋतिकले ब्याङ ब्याङ निर्देशक सिद्धार्थ आनन्दसँग मिलेर सिनेमा गर्ने कुरा पनि थियो । उनीहरुबीच एक्शन सिनेमा बनाउने कुरा चलेको थियो । तर सिनेमाको कथा तयार नहुँदा काम हुन सकेन ।

निर्देशक करण मल्होत्रा अग्नीपथपछि ऋतिकसँग अर्को सिनेमा गर्ने मुडमा थिए । तर ऋतिकले नै उनीसँग काम गर्न मानेनन् ।ठूलो ब्यानरका चार सिनेमामा काम नगरेपछि ऋतिक अहिले खाली हात बस्नु परेको छ । सिनेमाको काम नभएपनि ऋतिकसँग उनको क्लोथिङ ब्राण्डको काम भने छ । अब केही समय उनी यसैलाई प्रमोट गर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK