फिल्म बन्न २० वर्ष -रिलिज हुँदासम्म हिरो सहित निर्माता–निर्देशकको मृत्यु

ENGLISH

ENTERTAINMENT

फिल्म बन्न २० वर्ष -रिलिज हुँदासम्म हिरो सहित निर्माता–निर्देशकको मृत्यु

4 January, 2017 | Bhawana Pathak | 1025 Views | comments

आजकाल फिल्म बन्न केही दिन लाग्छन् तर एउटा समय यस्तो पनि थियो जब फिल्म बन्न वर्षौं लाग्ने गर्दथ्यो । निकै पुरानो फिल्म ‘मुगले–आजम’ बन्न ९ वर्ष लागेको थियो भने ‘पाकिजा’ १४ वर्षमा तयार भएको थियो । हिन्दी सिनेमाको इतिहासमा यस्तो फिल्म पनि छ जुन बन्न २० वर्षभन्दा बढि समय लाग्यो ।

film2

सन् १९६० को दशकमा निर्माता–निर्देशक के. आसिफले आफ्नो फिल्म ‘मुगले आजम’ को सफलतापछि लैला–मजनूकी प्रेम काहानीमा आधारित फिल्म ‘लभ एण्ड गड’ बनाउने निर्णग गरे ।

यो फिल्म के. आसिफको पहिलो रंगीन चलचित्र पनि थियो । सन् १९६० मा यो फिल्मका लागि गुरुदत्त र निमीलाई अनुबन्ध गरियो । फिल्मको निर्माण सुरु भएपछि कुनै न कुनै समस्या आइरह्यो ।

१० अक्टोबर सन् १९६४ मा अचानक गुरुदत्तको निधन भयो जसका कारण फिल्मको काम बिचमा नै रोकियो ।गुरुदत्तको निधनपछि के.आसिफले संजीव कुमारलाई फिल्ममा अनुबन्ध गराएर सुटिङ सुरु गरे ।

सन् १९७१ मा यो फिल्ममाथि पुनः अर्को समस्या आइलाग्यो जब फिल्मका निर्माता–निर्देशक के.आसिफ आफैंले संसार त्यागे ।आसिफको निधन पछि फिल्म करिब बन्द हुने तयारीमा थियो । ८० को दशकमा आशिफकी श्रीमती अख्तर आशिफले आफ्ना श्रीमानको अधुरो सपना पूरा गर्ने निर्णय गरिन् । निकै प्रयासपछि करिब २० वर्षभन्दा बढिको समयपछि अन्त्यमा सन् १९८६ मा फिल्म रिलिज भयो ।

यो फिल्म नौशाद र रफीको अन्तिम फिल्म थियो । फिल्मकी नायिका बिमीको पनि यो अन्तिम फिल्म थियो । अचम्मको कुरा के छ भने फिल्मका हिरो संजीव कुमारले पनि फिल्म हेर्न पाएनन् । रिलिज पूर्व नै संजीव कुमारले संसारलाई अलविदा भनिसकेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK