फिल्म बनाउन तयार धुर्मुस–सुन्तली,मुसहर वस्ती हस्तान्तरण गरेकै दिन शुभमुर्हत गरिने

ENGLISH

ENTERTAINMENT

फिल्म बनाउन तयार धुर्मुस–सुन्तली,मुसहर वस्ती हस्तान्तरण गरेकै दिन शुभमुर्हत गरिने

7 January, 2017 | Bhawana Pathak | 1150 Views | comments

काभ्रे र सिन्धुपाल्चोकमा धुर्मुस सुन्तली फाउण्डेसनमार्फत सहयोग संकलन गरेर एकीकृत बस्ती निर्माण तथा हस्तान्तरण गरेका धुर्मुस सुन्तली त्यसपछिको प्रतिक्रिया र आफूले पाएको ‘आत्मसन्तुष्टि’ले मुसहर बस्ती निर्माणमा जुटेका छन् ।

dhurmus

उनले सुन्तली (कुञ्जना घिमिरे) को साथले आफूलाई हरेक काम गर्दा साथ मिलेको बताउँछन् । यदि कुञ्जनाको साथ नपाएको भए यति लामो यात्रा गर्न सम्भव थिएन । सुन्तलीले हरेक कार्य योजनामा साथ दिइरहेको धुर्मुस बताउँछन् ।

देश दुखेको बेला एक जिम्मेवार नागरिकले समाजका लागि केही न केही सहयोग गर्नैपर्छ भन्ने लागेर नै आफू समाजसेवामा लागेको बताउँछन् धुर्मुस । सहयोग गरेको पनि नरुचाउने आफूले गर्न पनि नचाहने वर्गले पनि सकारात्मक सोचसहित समाजका लागि सहयोग गर्नुपर्ने उनको आग्रह छ ।

नकारात्मक कुरा कहिल्यै पनि दीगो हुन सक्दैन, केही छिनका लागि आनन्द मिलेको हो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘हामी सबैको जिन्दगीमा भोलि यस्तो दिन आउँछ, जुन दिन मैले राम्रा काम के गरेछु त भन्ने कुराको आत्म मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’

वर्तमान राजनीतिक परिस्थितिले देश नै नरहला कि भन्ने भय सृजना भएको उनी सुनाउँछन् । अहिले हामी सबैमा नेपाली हौं भन्ने भाव विकास गर्न सबैलाई आग्रह गर्छन् । भन्छन्, ‘अब हामी सबै एकजुट भएर समाजका लागि जुट्नुपर्छ ।’

महोत्तरी जिल्लाको मुसहरमा एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली लागिपरेका छन् । उनको यो कार्यका लागि सहयोग जुट्ने क्रम जारी छ । अर्कोतिर अभिनयबाट केही सुस्ताएका धुर्मुस मुसहर बस्ती निर्माणपछि चलचित्र निर्माण गर्ने योजना रहेको बताउँछन् । भन्छन्, ‘बैशाख १ मा महोत्तरीको मुसहर बस्ती हस्तान्तरण कार्यक्रममा चलचित्रको शुभमुर्हत समेत गर्ने योजना छ । अहिले चलचित्रको कथामा काम भइरहेको छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK