फिल्म खेलेर फ्ल्प बनाउन चाहना छैन : गायिका मेलीना राई

ENGLISH

ENTERTAINMENT

फिल्म खेलेर फ्ल्प बनाउन चाहना छैन : गायिका मेलीना राई

गायिका मेलिनालाई प्रेम देखि फिल्मको पनि प्रस्तावको ओइरो

29 November, 2016 | Bipin Acharya | 1025 Views | comments

सधैँ हाँसीरहनु पर्छ भन्ने गायिका मेलीना राईले १२ बर्षको उमेर देखि गीत रेकर्डिङ्गको अनुभव संगालेकी छिन् । उनले पहिलो पटक १२ बर्षको उमेरमा आफ्नै बुवाको कम्पोजमा स्वदेशगान गाएकी थिईन् ।

timthumb

उनी संगीतमा लागेको ८ बर्ष भईसकेको छ । यो आठ बर्षको अवधीमा उनले ३०० भन्दा धेरै गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् । ५० जति कलेक्शन एल्बमहरुमा उनको आवाज छ । त्यस्तै उनले एउटा सोलो एल्बम निकालेकी छिन् बहार । हाल उनी दोस्रो एल्बमको तयारीमा छिन् ।

आफ्नो जादुमय अवाजले सबैलाई लठ्ठ बनाएकी गायिमा मेलिनाले सुन्दरताबाट पनि सबैलाई भुतुक्कै बनाएकी छिन् । धेरैले उनलाई छोटो समयमानै सफलता पाएकी गायिकाको रुपमा पनि लिन्छन् । तर यस बारेमा उनी भन्छिन् मलाई छोटो समयमै सफल भएकी गायिका भन्नु बिलकुलै गलत कुरा हो । उनको संगीत यात्रा ११ बर्षदेखि नै सुरु भएको थियो ।

पिता नै म्युजिक टिचर भएका कारण उनले सानै उमेरदेखि नै म्युजिक सिक्ने सौभाग्य पाईन् । आफू संगीत क्षेत्रमा भएका कारण उनका बुवा आमाले पनि छोरीले संगीतमै केही गरोस् भन्ने चाहना राखेका थिए । सानैदेखि म्युजिक सिकेकी उनले आफ्नो सीपको सहि सदुपयोग गर्न पाएकी छिन् । दार्जिलिङको कर्स्याङमा जन्मेकी उनी सानैदेखि काठमाण्डौमा बस्दै आएकी छिन् । मेलीनाको पुर्ख्यौली घर खोटाङ हो भने हाल उनीहरुको स्थाई ठेगाना मोरङको रमिते खोला हो । गायनसँगै सुुन्दरताका कारण चर्चामा आउने मलिनालाई अहिले विवाह र प्रेमबारे प्रश्न सोध्नेहरुको पनि भिड छ ।

विवाह र प्रेमका बारेमा कमै बोल्ने मेलीनालाई बाहिरी रुप भन्दा पनि भित्री रुप राम्रो भएको केटा मन पर्छ । तपाईँ कस्तो जीवन साथी चाहनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, बिशेष गरी महिलाहरुलाई आदर गर्न जानेको । सफा मनको । बाहिरी रुप भनेको देखाउनलाई मात्रै हो । त्यो रुपले जीवनमा खुसी दिँदैन । त्यस कारण केटा भनेको सफा मनको अरुलाई आदर गर्न जानेको हुनुपर्छ ।
आफ्नो आवाज र सुन्दरताबाट धेरै फ्यान बनाएकी छिन् । जसमध्ये केही उनका प्रशंसकहरु छन् त केही उनको जीवनमा स्थायी रुपमै रहन चाहन्छन् ।

तर अहिलेसम्म उनले कसैलाई पनि आफ्नो दिलमा बास बस्न दिएकी छैनन् । किनकी उनी अहिले दायाँबायाँ नलागेर मात्र संगीतलाई समय दिन चाहन्छिन् ।प्रेमको अहिलेको ट्रेण्डलाई हेरेर उनी भन्छिन्, यो लभ भन्ने वर्ड पाउनलाई एकदमै मुश्किल छ । तर यत्तिकै भन्न पनि मिल्दैन कतिले त पाउनु भएको छ ।
मेलीनालाई किराँत फिल्महरुबाट अफर आईसकेको छ । तर उनी आफूलाई सिनेमामा भन्दा गायनमै राम्रो हुने बताउँछिन् । उनी आफूमा अभिनेत्रीमा हुनपर्ने गुण नै देख्दिनन् । उनी भन्छिन्, मेरो प्रोफेशन भनेको गायन हो र म गायनलाई नै अघि बढाउन चाहन्छु । म फिल्म खेलेर फ्ल्प बनाउन चाहना ममा छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK