फिल्म ऐश्वर्यको ट्रेलर रिलिज हुँदै

ENGLISH

ENTERTAINMENT

फिल्म ऐश्वर्यको ट्रेलर रिलिज हुँदै

5 September, 2017 | Sandeep Bhattarai | 700 Views | comments

ऐश्वर्य

पछिल्लो समय फिल्म ऐश्वर्य सार्वजनिक गीत ’तिमि रोएको पल’ का कारण चर्चामा छ । सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

पछिल्लो समय एकपछी अर्को गीत मार्फत सफलता पाउदै गएका अर्जुनलाई यसले पनि सफलता दिंदैछ । गीतले चर्चा पाउदै गर्दा निर्माण टीमले टिजर पनि सार्वजनिक गरेको छ, जसलाई प्रशंसा मिलेको छ ।

ट्रेलर हेर्नेले फिल्मको मेकिङको प्रसंसा गरेपछि उत्साहित रहेको टीमले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिदै केहि दिनमै ट्रेलर रिलिज गर्ने तयारीमा रहेको छ । यसै टीमले ट्रेलर अगाडी फिल्मको पोष्टर सार्वजनिक गरेको छ । फिल्मले कथाको थिमलाई यसपोष्टर मार्फत प्रस्ट्याउने कोशिस पनि गरेको छ । सार्वजनिक पोष्टरमा टिजर झैँ फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती , दीपिका प्रसाईं र प्रशान्त ताम्राकार लगायत फिचरीङ छन् ।

पोष्टरमा पनि टिजर झैँ ऐश्वर्यको लागि रमेश र प्रशान्त विचको टक्करलाई देखाउन खोजिएको छ । यसलाई टौवा क्रियसनले डिजाइन गरेको हो । फिल्ममा डेब्यु अनुहार दीपिका सुपर मोडलकै भूमिकामा छिन । फिल्ममा केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप बरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

रमेश उप्रेती अभिनेता निर्माता – फिल्मको सार्वजनिक गीत र टिजरले हामी उत्साहित छौ । टिजर सार्वजनिक भएसंगै फिल्मको विषयवस्तुलाई केहि हदसम्म दर्शकले बुझीसक्नु भएको छ भने यसलाई थप पोष्टरले प्रस्ट्याएको छ । कलाकारको रुपमा लामो समय बिताएता पनि निर्माताको रुपमा म डेब्यु गर्दैछु । यो फिल्मको कथा विल्कुलै फरक छ त म भन्दिन तर म र मेरो टिमले प्रस्तुतीकरणमा केहि फरक गर्ने प्रयास गरेका छौ । यहि भाद्रको लास्टसम्म सार्वजानिक हुने ट्रेलरले फिल्मको विषयलाई थप प्रस्ट्याउने नै छ ।

दिवाकर भट्टराई , निर्देशक – फिल्मको सार्वजनिक गीत र टिजरले दर्शकलाई दिलाएको आशलाई हामीले निराशा परिणत हुन् दिनेछैनौ । किनकी यसमा हामी सपूर्ण टिमले गरेको मेहनतलाई गीत र टिजरमा देखिसक्नु भएको छ भने थप ट्रेलरले प्रस्ट्याउने नै छ । सार्वजनिक पोष्टरमा हामीले फिल्मको थिमलाई देखाउने कोसिस गरेका छौ । ऐश्वर्य, जसलाई हामी पैसा, पावर र मोजमस्ती जस्ता अर्थमा बुझ्ने गर्छौ त्यसलाई पाउन हुने दुई पात्रबीचको टसल नै पोष्टरको थिम हो । टौवा क्रियसनले हाम्रो थिम अनुसारकै पोष्टर डिजाइन गरिदिनु भएको छ र केहि समय ट्रेलरका निमित पर्खिन दर्शकलाई आग्रह गर्न चाहन्छौ ।

प्रशान्त ताम्राकार – फिल्मको सार्वजनिक टिजरपछी आएको प्रतिक्रियाले म मात्र होइन मेरो टीम पनि उतिकै उत्साहित छौ । शुटिङमा गरिएका दुखले सफलता पाउदा मन खुसि हुनेरहेछ । मेरो पर्सनल कुरा गर्ने हो भने टिजरमा लुक्सको चर्चा पाएको छु । सबैले मन पराउने भएको छ र त्यसलाई पोष्टरले अझै उचाई दिएको छ भन्ने बुझाइ छ मेरो । अनि फिल्मको मेकिङ साचै नै नेपाली फिल्मको स्तर भन्दा निकै माथि छ , जसलाई आउदो ट्रेलरले प्रस्ट्याउने छ ।

दीपिका प्रसाईं – टिजर सार्वजनिक भएपछी मेरो भूमिकाबारे पनि अनुमान लगाईसक्नु भयो होला । त्यसैले पोष्टरमा पनि निरंतरता पाएको छ । गीत र टिजर आइसक्दा मलाइ सुखद प्रतिक्रिया प्राप्त भएका छन् भने फिल्मलाई लिएर उत्साह बढ्दो नै छ । फिल्म झैँ पोष्टरको पनि केन्द्र विन्दु बनेकी छु । फिल्मको घटनाक्रम मेरै कारण बढ्दै जान्छ, अहिलेलाई यहि भनौ बाँकी ट्रेलरमा आउने नै छ ।

ऐश्वर्यको टिजर सार्वजनिक(टिजर सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK