फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु,

ENGLISH

WORLD

फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु,

१८ जना बेपत्ता

27 December, 2016 | arjun baral | 805 Views | comments

phoilipenceक्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।
क्रिसमसको दिन आएको नक टेन प्रायः पूर्वी प्रान्तहरु प्रभावित भएको कारण सडक र खेतबारीमा बाढी पसेको थियो भने भवनहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यद्यपी अत्याधिक जनसङ्ख्या रहेको राजधानी मनिला भने सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।
नक टेन नामक सो आँधीले विषेश गरेर फिलिपिन्सको पूर्वी क्षेत्रमा बढी प्रभाव पारेको फिलिपिन्स प्रकोप अनुगमन निकायका प्रवक्ता मिना मरासिगानले जानकारी दिनुभयो ।
यस आँधीबाट प्रभावित भएकमा झण्डै चार लाख २९ हजार जनालाई असुरक्षित क्षेत्रका घरबाट सुरक्षित क्षेत्रमा उद्धार गरिएको छ । आँधी चलेका बेला ३०३ भन्दा बढी उडानहरु रद्ध भएको पनि अधिकारीहरुले बताएका छन् । आँधीले धेरै घरहरु र भौतिक संरचनाहरुमा असर परेको सरकारी स्रोतले जानकारी दिएकाके छ ।
“दह्रो हावाका कारण हामीले धेरै घरहरु भत्किएको देखेका छौं, विद्यालय र अस्पतालकासमेत गरी विभिन्न भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन्, यथार्थ विवरणहरु आईसकेका छैनन्, के कति भौतिक संरचनाहरुमा क्षति पुगेको छ भन्ने स्पष्ट तथ्याङ्क हामीले संकलन गरिरहेका छौं,” प्रवक्ता मरासिगानले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
आँधीले राजधानी मनिलामा पनि भीषण बर्षा हावाहुरी ल्याउने अनुमान गरिएको थियो, जहाँ बाक्लो बस्ती छ । तर आँधीले पूर्वी क्षेत्रमा मात्रै असर पारेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK