फिफाको नयाँ वरियातामा नेपाल एक स्थान खस्कदै एक सय ७० औं स्थानमा

ENGLISH

SPORTS

फिफाको नयाँ वरियातामा नेपाल एक स्थान खस्कदै एक सय ७० औं स्थानमा

7 July, 2017 | Sandeep Bhattarai | 1010 Views | comments

फिफा

विश्व फुटबल महासंघ फिफाको वरियातामा नेपाल एक स्थान तल झर्दै एक सय ७० औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियाता अनुसार नेपाल यसअघिको आफ्नो वरियतामा एक स्थान खस्केको हो ।

नेपाल दक्षिण एसियामा पाचौं स्थानमा रहेको छ । गत महिना यमनसंग बराबरी खेलेर १ अंक जोडेपनि नेपालको स्थान खस्किन पुग्यो । नेपाललाई अफगानिस्तान, भारत माल्दिभ्स र भुटानले पछि पारेका छन् भने नेपाल बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा माथि छ । त्यस्तै फिफा वरियतामा चार स्थान उक्लदै ९६ औंँ स्थानमा रहेको भारत दक्षिण एसियाको पहिलो स्थानमा रहेको छ । भारत अघिल्लो महिना एक सयौं स्थानमा रहेको थियो।

यसैगरी दोस्रो स्थानमा रहेको माल्दिभ्स दुई स्थान तल झरादी एक सय ४२औं स्थानमा छ। त्यस्तै अफगानिस्तान एक सय ५५ औं, भुटान एक सय ६४औं स्थानमा छ। फिफाको नयाँ वरीयतामा नेपालभन्दा तल बंगलादेश एक सय ९०, श्रीलंका एक सय ९७ र पाकिस्तान २०० औं स्थानमा रहेका छन्।

फिफा वरियतामा पहिलो स्थानमा गत साता फिफा कन्फिडेरेसन कप विजेता जर्मनी पहिलो स्थानमा पुगेको छ भने ब्राजिल दोस्रामा अर्जेन्टिना र चौथोमा पोर्चुगल रहेको छ ।

त्यस्तै स्वीजरल्याण्ड पाँचौ , पोल्यान्ड छैटौं, चिली सातौं, कोलम्बिया आठौं, फ्रान्स नवौं र बेल्जियम दशौंमा स्थानमा रहेका छन्।

फिफा वरियतामा नेपालको ४ स्थान सुधार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

  ट्रेलरमा ‘पण्डित बाजेको लौरी’

  चलचित्र ‘पण्डित बाजेको लौरी’ को  ट्रेलर रिलिज भएको...

‘बोबी’ ट्रेलर सार्वजनिक

वास्तविक  प्रेमकथामा आधारित चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ। मिलन...

विश्वकप

विश्वकपमा शनिबारका तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८  अन्तर्गत आज (शनिबार)...

सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड २-१ गोल अन्तरले विजयी

रसियामा जारी फिफा विश्वकप फुटबमा सर्बियालाई हराउँदै स्वीट्जरल्यान्डले विश्वकपको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK