फिफाको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा

ENGLISH

SPORTS

फिफाको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा

नेपाल छ स्थान तल झर्यो

15 July, 2016 | Sandeep Bhattarai | 1650 Views | comments

नेपाल फुटबलको विश्व वरियतामा छ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ ।

Nepal-National-Football-Team-on-their-return-after-winning-Bangabandhu-Gold-Cup-2016-1

विश्व फुटबल महासङ्घ (फिफा)ले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल सात मुलुक सम्मिलित दक्षिण एसियाली क्षेत्र (साफ)मा चौथो स्थानमा छ । साफ क्षेत्रको शीर्षस्थानमा भारत छ । एघार स्थान सुधार गरेको उ १५२ औँ स्थानमा उक्लिएको छ ।

भारतपछि माल्दिभ्स १७४औँ स्थानमा यथावत् छ भने दुई स्थान खस्किएको बङ्गलादेश १८३ औँ स्थानमा छ । दक्षिण एसियामा नेपालपछि रहेको भुटान १९२ मा छ । भुटान चार स्थान तल झरेको हो । त्यस्तै समान चार स्थान खस्किएको श्रीलङ्का १९३ औँ र अन्तिममा रहेको पाकिस्तान दुई स्थान तल झर्दै १९४औँ स्थानमा छ ।

युरो कप र कोपा अमेरिका प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको भए पनि वरियाताक्रमको शीर्ष पाँच स्थान यथावत् छ । जसमा अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् ।

युरो विजेता पोर्चुगल दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा छ भने १० स्थान सुधार गरेको फ्रान्स सातौँ स्थानमा उक्लिएको छ । त्यस्तै दुई÷दुई स्थान तल झरेका स्पेन र ब्राजिल क्रमशः आठौँ र नवौँ स्थानमा छन् भने दुई स्थान नै सुधार गरेको इटाली १०औँ स्थानमा उक्लिएको छ । फिफाले हरेक महिना विश्व वरियता सार्वजनिक गर्ने गर्छ ।

fifa

यो पनि हेर्नुस – फिफा बरियतामा नेपाल दुई स्थान तल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK