फरीदको निधनमा शाहरुखकोे गल्ती छ कि छैन ?

ENGLISH

ENTERTAINMENT

फरीदको निधनमा शाहरुखकोे गल्ती छ कि छैन ?

25 January, 2017 | Bhawana Pathak | 780 Views | comments

अभिनेता शाहरुख खान अहिले सिनेमा रईस प्रमोशनमा छन् । सिनेमाको प्रमोशनको लागि नयाँ शैली अपनाएर रेल यात्रा गरिरहेका शाहरुखको सोमबार अर्थात शुरुको दिनको यात्रा निकै दुःखद रह्यो । सोमबार राती साढे १० बजेतिर बदोडरा रेल्वे स्टेशनमा शाहरुख पुगेपछि त्यहाँ १० मिनेटको लागि रेल रोकीएको थियो ।

shaharuh-khan

शाहरुख पुग्नु भन्दा अगाडि नै त्यहाँ उनको एक झलक पाउनको लागि मानिसहरुको भिड लागेको थियो । यहि भिडमा किचिएर फरीद खान पठान नामका व्यक्तिको मृत्यु भयो । उनको मृत्यु पछि हाल रेल्वे प्रहरीले अनुसन्धान थालेको छ । यदि अनुसन्धान पछि शाहरुख आउने समयमा अतिरिक्त प्रहरी बलको माग नगरिएको भए आयोजक माथि कानुनी कारवाही हुनेछ ।

मृतकको परिवारले उनको मृत्युमा शाहरुखको कुनै पनि गल्ती नभएको बयान दिएको छ । फरीद पहिले देखिनै मुटु रोगी थिए । त्यस कारण भिडमा च्यापिदा उनी निसास्सिएर निधन भएको हो । एक अन्र्तवार्तामा फरीदकी आमाले छोराको निधनमा शाहरुख र रईस टिमको कुनैपनि गल्ती नभएको बताएकी छिन् । छोरो भिडमा फसेका कारण निसास्सिएर निधन भएको उनले जानकारी दिएकी छिन् ।

त्यस्तै फरीदकी भतिजीले पनि फरीद पहिले देखि नै मुटु रोगी भएको र यसमा शाहरुखको कुनै गल्ती नभएको बताएकी छिन् । फरीदको निधन पछि भारतीय जनता पार्टीका नेता कैलाश विजयवर्गीय र मनोज तिवारीले शाहरुखको आलोचना गर्दै मृतकको परिवारका लागि शाहरुखले उचित क्षतिपुर्ती दिनु पर्ने माग राखेका थिए ।

सोमबार शाहरुख खान बडोदरा रेल्वे स्टेशनमा पुगेपछि त्यहाँ भागदौड मच्चिएको थियो । फरीदलाई भने शाहरुख आउने कुरा थाहै थिएन । उनी त त्यहाँ आफन्तलाई खाना पुर्याउन गएका थिए । उनका आफन्त पनि शाहरुख आएकै रेलमा थिए । तर उनी रेल स्टेशनमा पुगेकै समय शाहरुखले आफ्नो टिशर्ट र बल फ्याँके जसलाई समात्न मानिसहरु तँछाडमँछाड गर्न थाले । यहि क्रममा किचिए र उनको निधन भएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK